१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बैंग्लोरले दियो कोलकातालाई २ सय १४ रनको विशाल लक्ष्य, कोहलीको शतक



मायादेवी अनलाइन,कपिलवस्तु ।
कप्तान विराट कोहलीले यस आइपिएल पहिलो तथा आइपिएल करियरमा पाँचौ शतक प्रहार गर्दा रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकातालाई विशाल लक्ष्य दिएको छ। अन्तिम बलमा आउट भएका कोहलीले विष्फोटक ब्याटिङ गर्दै कोहलीले ५८ बलको सामना गर्दै एक सउ रन बनाउन सफल भए । कोलकातालाई २ सय १४ रनको विशाल लक्ष्य दिने क्रममा विराटले ९ चौका र ४ छक्का प्रहार गरी ठिक्क शतक बनाए । अन्तिम बलमा क्याच आउट भएका थिए।
निर्धा्रित ओभरमा कोहलीको सतक र मोइन अलीको अर्धशतकमा विराटको टिमले ४ विकेट गुमाउँदै २ सय १३ रन जोडेको हो। विराटसँग उत्कृष्ठ साझेदारी गरेका अली २८ बलमा ६६ रन जोड्दै क्याच आउट भए। आईपीएल इतिहासकै खराव लयमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले शुक्रबार साँझ कोलकाताविरुद्ध उत्कृष्ट ब्याटिङ गर्यो।

नवौं चरणको खेल चलिरहँदा विराट कोहलीको टिम दोश्रो जितको खोजिमा छ। यसअघि २ सय बढि रन बनाउँदा समेत बैंग्लोर पराजित भएको थियो।यदि कोलकात्तासँगको शुक्रबारको खेलमा पराजित भएमा बैंग्लोर आईपीएलबाट बाहिरिने छ। जित हात पारेमा गणितीय रुपमा मात्रै प्लेअफ पुग्ने सम्भावना रहन्छ।

यी दुई टोली यस पटकको आईपीएलमा दोस्रोपटक आमने सामने हुँदैछन्। शुक्रबार पहिलो चरणमा हारेको बदला पनि लिने दाउमा बैंग्लोर रहेको छ। कोलकाता चार खेलमा जित निकाल्दै अंकतालिकाको छैठौँ स्थानमा छ। उसले पछिल्ला तीन खेलमा जित निकाल्न सकेको छैन। प्लेअपमा पुग्नका लागि कोलकाताले बाँकी ६ मध्ये कम्तीमा चार खेल जित्नु पर्ने छ।

आफूले खेलेका आठ खेलमध्ये सातमा हार व्यहोरेको बैंग्लोर २ अंकका साथ अंकतालिकाको पुछारमा छ। बैंग्लोरले सन् २०१६ पछि कोलकातालाई पराजित गर्न सकेको छैन।कोलकाता सन् २०१२ र २०१४ गरी दुई पटकको आईपीएलको उपाधि विजेता हो भने बैंग्लोरले अहिलेसम्म उपाधी जित्न सकेको छैन।

प्रकाशित मिति : ६ बैशाख २०७६ शुक्रबार ००:००  ४ : ४२ बजे