चन्द्रकान्त न्यौपाने, वाणगंगा ।
आठौ राष्ट्रिय महिला फुटवलमा एपिएफले लगातार तेश्रो जित निकालेको छ । कपिलवस्तुको बुद्ध रंगशालामा शुक्रबार साँझ सम्पन्न खेलमा एपिएफले गण्डकी प्रदेशविरुद्ध ११ शुन्यले नतिजा आफ्नो पक्षमा पार्दै लगातार तेस्रो जित निकालेको हो ।
शुक्रबारको खेलमा पनि एपिएफका सावित्रा भण्डारी र अनिता केसीले ह्याट्रिक पुरा गरे । प्रतियोगितामा सबैभन्दा सशक्त टोलीको रुपमा देखिएको एपिएफले शुक्रबार पनि खेल सुरु भएको दोश्रो मिनेटबाटै गोलको खाता खोलेको थियो । जर्सी नम्बर ११ की खेलाडी अनिता बस्नेतले एपिएफको लागि पहिलो गोल गर्न सफल भईन् । निरन्तर उत्कृष्ट पस्केर सबै दर्शकलाई आफूतिर आकर्षित गरेको एफिएफको लागि दोश्रो गोल भने नेपालकी अन्र्तराष्ट्रिय खेलाडी सावित्रा भण्डारी ९साम्बा० ले गरिन् । उनले पहिलो चौधौँ मिनेटमा पहिलो गोल गरिन् ।
शुक्रबारको खेलमा पनि आकर्षक खेल देखाएकी साम्बाले त्यसपछि २६ औँ र ३३ औँ मिनेटमा गोल गरी ह्याट्रिक पुरा गरिन् । गण्डकीलाई निरन्तर दबाबमा राखेको एपिएफको लागि अनिता केसीले ३६ औँ मिनेटमा अर्को गोल गर्दा पहिलो हाफमा ४ शुन्यमा सकियो ।
दोश्रो हाफमा पनि एपिएफले आक्रामक खेल पस्कियो । दोश्रो हाफ सुरु भएको चौथो मिनेटमा साम्बाले व्यक्तिगत चौथो गोल गरिन् । एकपटक पनि राम्ररी आफ्नो पोष्टमा बल प्रहारको मोका नदिएको एपिएफको गोल गर्ने क्रम रोकिएन । ५३ औँ मिनेटमा फेरि रेनुका नगरकोटीले अर्कोगोल गरिन् ।
त्यस्तै ५७ औँ मिनेटमा जर्सी नम्बर १० की अनु लामाले गोल गरिन् भने अनिता केसीले ७७ औँ मिनेटमा १ गोल गरी ह्याट्रिक पुरा गरिन् । त्यस्तै खेलको अन्तिम मिनेटमा जर्सी नम्बर १२ की गीता राना मगरले १ गोल गर्दा एपिएफले स्पष्ट ११ –० को जित हासिल गर्यो ।
यता गण्डकीले भने दोश्रो हार भोगेको छ । पहिलो खेलमा कर्णालीलाई पराजित गरेको गण्डकी विभागिय आर्मी र एपिएफसंग भने पराजित भयो ।
प्रतियोगितामा शनिबार पनि २ खेल हुँदै छन् । पहिलो खेलमा विहान ७ बजे प्रदेश नं। १ र कर्णाली भिड्ने छन् भने दोश्रो खेलमा अपराजित २ टोली एपिएफ र त्रिभुवन आर्मी क्लवले प्रतिस्पर्धा गर्ने छन् । आर्मी र एपिएफको खेल भने निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया