बाँके ।
कोहलपुरस्थित अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा भइरहेको पुरुष क्रिकेटमा शुक्रबार १ र २ नम्बर प्रदेश विजयी भएका छन् ।
बिहान भएको खेलमा १ नम्बर प्रदेशले ३ नम्बर प्रदेशलाई २० रनले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको १ नम्बर प्रदेशले निर्धा्रित ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । पुष्प थापाले सर्वा्धिक २४ रन बनाएका थिए ।
लक्ष्य पछ्याएको ३ नम्बर प्रदेश ८६ रनमा आउट भयो । १८.३ ओभरमा ३ नम्बर प्रदेश अलआउट भएको थियो ।
अर्को खेलमा २ नम्बर प्रदेशले कर्णाली प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धा्रित ओभरमा नौ विकेटको क्षतिमा ५७ रन बनाएको थियो । कर्णालीलाई सस्तोमा रोक्न २ नम्बर प्रदेशका बलर कुमार थापाले चार विकेट लिएका थिए । ५८ रनको लक्ष्यलाई २ नम्बर प्रदेशले एक विकेट गुमाएर पूरा गरेको थियो ।
६ बैशाख २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया