मायादेवी अनलाइन, वाणगंगा ।
स्वतन्त्र विद्यार्थी युनियन सिद्धार्थ क्याम्पस र कक्षा ११ को आयोजनामा कक्षा १२ का विद्यार्थीलाई विदाई गरिएको छ । विद्यार्थीको शैक्षिक सफलताको कामना गर्दै शुक्रबार क्याम्पसमा एक कार्यक्रम गरि कक्षा १२ का विद्यार्थीलाई विदाई गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले अनुशासन नै विद्यार्थीको गहना भएको भन्दै अनुशासित विद्यार्थी सफल हुने बताउनुभयो ।
उहाँले विद्यार्थी अनुशासित बन्दै देश तथा समाजको विकासका लागि हरेक क्षेत्रमा लगनशिल हुनपर्ने बताउनुभयो । आजका विद्यार्थी भोलीका कर्णधार भएको भन्दै गिरीले विद्यार्थीले देशको नेतृत्व लिने हिसावले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख खेमराज शर्मा, प्रध्यापकहरु बेदुराम अर्याल, कमल पोख्रेल, दिलु श्रेष्ठ, राजकुमार अर्याल, प्रभात विक्रम क्षेत्री, संयुक्त विद्यार्थी मञ्चका संयोजक बासुदेव खनाल, सिद्धार्थ क्याम्पस स्ववियू सभापति सुशिल खत्री, कक्षा १२ का विद्यार्थी सविन रणपाल लगाएतले बोल्नुभएको थियो ।
कक्षा ११ का छात्रा संगिता खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कक्षा ११ कै विद्यार्थी हरि मगर र समिक्षा आचार्यले गर्नुभएको हो । कार्यक्रममा ३ सय बढीको सहभागिता रहेको थियो ।
६ बैशाख २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया