१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पुरुष भलिबलमा आर्मी र एपीएफ क्लबको जित



नेपालगन्ज ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले जित हात पारेका छन् । शुक्रबार खजुराको भलिबल एकेडेमिमा भएको खेलमा एपीएफले प्रदेश ५ सोझो सेटमा हराउन सफल भएको छ ।
एपीएफले पहिलो सेट २५–८, २५्–२१, २५–२१ ले जित निकालेको हो । यस्तै आज नै भएको अर्काे खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ सेटमा हराएको छ । पहिलो सेट २२–२५ ले गुमाएको आर्मीले त्यसपछि २५–१८, २५–२१, २५–१४ ले पराजित गरेको हो ।
शुक्रवारै दिउँसो महिलातर्फ सुदूरपश्चिम र नेपाल पुलिस तथा गण्डकी र कर्णाली प्रदेशबीच खेल हुनेछ । यस्तै पुरुषतर्फ सुदूरपश्चिम र नेपाल पुलिस तथा कर्णाली र प्रदेश ३ बीच खेल हुनेछ ।

प्रकाशित मिति : ६ बैशाख २०७६ शुक्रबार ००:००  १० : ५८ बजे