काठमाडौँ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुलाई श्रमिकहरुको श्रमको सम्मान गर्न आग्रह गर्नुभएको छ । मन्त्री यादवले श्रमिकहरुको श्रमको बलमा मालिक बन्न पाएका उद्योगीहरुले उनीहरुको पारिश्रमिक वृद्धि गरे मात्रै आफ्नो उद्योगको उत्पादनमा वृद्धि हुन्छ भन्ने सच्याईलाई भुल्न नहुने पनि स्पष्ट पार्नुभयो ।
नेपाल पश्मिना उद्योग संघको १८ औं वार्षिक साधारण सभालाई आज ललितपुरमा उद्घाटन गर्दै उहाले आफ्नो उद्योगको उत्पादन बढाउनका लागि पनि उद्योगीहरुले श्रमिकहरुको श्रमको सम्मान र माया दुवै गर्नुको विकल्प नरहेकोे धारणा राख्नुभयोे ।
मन्त्री यादवले नेपालको पश्मिना व्यवसाय ओरालो लाग्दै गएपनि सो समस्या समाधानका लागि पश्मिना उद्योगहरुले सरकारसँग परामर्श समेत गर्न नचाहेको गुनासो पनि गरेका छन् ।
विश्व बजारमा नेपाली पश्मिनाको पहिचान रहेको उल्लेख गर्दै त्यसको प्रवद्र्धनका लागि सरकार उद्योगीहरुसँग सहकार्य गरेर अघि बढन प्रतिवद्ध रहेको मन्त्री यादवको भनाई छ । मन्त्री यादवले निजी क्षेत्रले उद्योगको प्रवद्र्धनका लागि सरकारसँग सहकार्य गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभएको छ ।
६ बैशाख २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया