चन्द्रगढी ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको सदरमुकाम चन्द्रगढीमा धर्म निरपेक्षताको ब्यानर जलाएको छ । चन्द्रगढीको विरेन्द्र माध्यमिक विद्यालय अगाडि भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताले धर्म निरपेक्षताको ब्यानर जलाएका हुन् ।
पार्टीका महामन्त्री राजेन्द्र लिङदेनको नेतृत्वमा निस्केको जुलुसले चन्द्रगढीमा धर्म निरपेक्षताको ब्यानर जलाएको हो । कार्यक्रममा महामन्त्री लिङदेनले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नेपालको पहिचान भएकाले धर्म निरपेक्षताको ब्यानर जलाएर सांकेतिक विरोध गरेको बताउनुभयो ।
राजतन्त्रको पुनर्बहाली र धर्म निरपेक्षताको खारेजी लगायत २२ बुँदे माग राख्दै राप्रपाले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको थियो। त्यसपछि उक्त पार्टी लगातार सडक संघर्षमा छ ।
६ बैशाख २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया