१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विप्लव माओवादीका २ जिल्ला सदस्यद्धारा राजीनामा



अर्घाखाँची ।
नेकपा विप्लप माओवादी अर्घाखाँचीका २ जना जिल्ला सदस्यले राजीनामा दिएका छन् । विप्लव माओवादी जिल्ला सदस्यहरु अर्घाखाँचीको शितगंगा नगरपालिका – १२ रजिया निवासी हुमबहादुर रायमाझी र शितगंगा नगरपालिका– ११ ढुंगेसार निवासी देवेन्द्र रेश्मीले पार्टीबाट राजीनामा दिएको बताएका छन् । उनीहरुले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै विप्लव माओवादी छोडेर स्वतन्त्र रहेको बताएका हुन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६ शुक्रबार ००:००  ७ : ३५ बजे