मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बुद्ध रंगशालामा शुक्रबार तेस्रो दिनको खेल अन्तर्रगत विहान भएको खेलमा त्रिभुवन आर्मी क्लवले विजय यात्रालाई जारी राखेको छ । आर्मीले प्रदेश नं. १ लाई ८–० ले पराजित गर्दै विजयी यात्रालाई जारी राखेको हो ।
खेलको पहिलो हाफमा दुई गोलले अग्रता दिएको आर्मीले दोस्रो हाफको खेलमा गोलको बर्षा नै गर्यो । जारी खेलको पहिलो हाफ सकिदा आर्मीले प्रदेश १ का विरुद्ध दुई गोल हानेको थियो ।
जसमा खेलको ५ औं मिनेटमा जर्सी नं. १० की कृष्णा खत्रीले पहिलो गोल गरी आर्मीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । यस्तै खेलको १५ औं मिनेटमा जर्सी नं. १५ की विमला चौधरीले दोस्रो गोल गरिन् ।
यस्तै दोस्रो हाफको क्रमश ५६ औं र ७४ औं मिनेटमा जर्सी नं. ७ की सपना लामाले दुई गोल गरिन् । यस्तै २६ की इन्दिरा राईले ६० औं मिनेटमा गोल गरिन । पहिलो हाफमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएकी कृष्णा खत्रीले दोस्रो हाफको ७३ औं, ८० औं मिनेट र अतिरिक्त समयमा गरी तीन गोलको बर्षा गरिन ।
यो संगै खत्रीले प्रदेश नं. १ का विरुद्ध एक्दै ४ गोल गर्न सफल भइन । खेलअवधि भर धेरै गोल हानेर चर्चा बटुलेकी खत्रीले बेष्ट प्लेयर अवार्डको उपाधि पनि प्राप्त गरिन । खत्री क्लबको कप्तान पनि हुन् ।
विहीबार विहान भएको पहिलो खेलमा आर्मीले गण्डकी विरुद्ध ११–० गोल अन्तरले हराएको थियो । प्रदेश नं. १ भने यसभन्दा अघिको खेलमा एपिएफ संग ६–० गोल अन्तरले पराजित भएको थियो ।
६ बैशाख २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया