एजेन्सी ।
१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको बिहीबारको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्स पराजित भएको छ ।
दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा बिहिबार भएको खेलमा मुम्बईले दिल्लीलाई ४० रनले पराजित गरेको हो ।
मुम्बइले दिएको १६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन मात्र बनायो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो ।
मुम्बईका लागि क्रुनल पाण्डेले अबिजित ३७ रन बनाउँदा डि ककले ३५ रन बनाए । हादिर्क पाण्डेयले अबिजित ३२ रन जोड्दा कप्तान रोहित शर्माले ३० रनको योगदान दिए । सुर्यकुमार यादबले २६ रन बनाएका थिए ।
दिल्लीका कागिसो रबडाले २ विकेट लिए । अमित मिश्रा र अक्सर पटेलले १–१ विकेट लिए । मुम्बइविरुद्ध बिहीबारको खेलमा पनि दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई भने खेलाएन् ।
प्रतिक्रिया