गुल्मी ।
गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छिन् । छत्रकोट गाउँपालिका निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिनुभयो ।
मामाघर गएर आमासँगै घर फर्कँदै गरेकी बालिकालाई मोटरसाइकलमा आएका मियाँले बालिकालाई घर र्पुयाइदिन्छु भन्दै लिएर गएर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकालाई ५ सय रुपैयाँ दिएर कसैलाई नभन्नु भनी मियाँ फरार भएका थिए ।
मियालाई जिल्ला प्रहरी कार्यालय गुल्मी र अर्घाखाँचीको अर्घातोष प्रहरी चौकीको संयुक्त प्रहरीे टोलीले घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
बालिका बलात्कार गर्ने मियाँलाई जबरजस्ती करणी अभियोगमा मुद्दा चलाइने प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । मिया भैँसी व्यापारी हुन् ।
५ बैशाख २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया