मायादेवी अनलाइन, वाणगंगा ।
विप्लव नेतृत्वको नेकपाले विहीबार नेपाल बन्दको घोषणा गरेको छ । हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले यो दललाई प्रतिबन्ध लगाएको छ । तर, नेकपाले विहीबार नेपाल बन्दको घोषणा गरेको छ ।
बन्दको प्रभाव कपिलवस्तुमा पनि परेको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गमा साना सवारीसाधन छिटफुट रुपमा सञ्चालनमा आएपनि ठूला सवारी सञ्चालनमा आएका छैनन ।
जिल्लाका उत्तरी क्षेत्रका चारनम्बर, बोडगाउँ, गोरुसिंगे, इमिलियामा बन्दको प्रभाव परेको छ । यस्तै जिल्लाको दक्षिणी क्षेत्रमा भने बन्दको प्रभाव छैन । सदरमुकाम तौलिहवा, बहादुरगञ्ज, व्यापारीक केन्द्र कृष्णनगरमा बन्दको प्रभाव सामान्य छ । त्यहाँ सवारीसाधान सञ्चालनमा छन भने व्यापार व्यवसाय, उद्योगधन्दा सञ्चालनमा छन् ।
देशका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परिरेहका समाचार आएपनि यो समाचार तयार पार्दा सम्म कपिलवस्तुमा कुनै त्यस्तो बस्तु फेला नपरेको प्रहरीले जनाएको छ ।
५ बैशाख २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया