दिल्ली ।
भारतमा लोकसभा चुनाव अन्तर्गत बिहीबार दोस्रो चरणको मतदान सुरु भएको छ । बिहीबार असाम, बिहार, छत्तीसगढ, जम्मू–कश्मीर, कर्नाटक, महाराष्ट्र, मणिपुर, ओडिशा, पुद्दुचेरी, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालसहित १२ राज्य तथा एउटा केन्द्र शासित प्रदेशका ९६ लोकसभा सिटका लागि मतदान भइरहेको भारतीय संचार माध्यमले जनाएका छन् ।
तमिलनाडुको वेल्लोर सिटमा बिहीबार मतदान हुने तय भएको मतदान निर्वाचन आयोगको सिफारिसमा राष्ट्रपतिले रोकेका छन् । डीएमके पार्टीका नेताको साथबाट ठूलो मात्रामा नगद बरामद भएपछि मतदान रोकिएको हो ।
पहिलो चरणमा ९१ सिटका लागि मतदान भएको थियो । ५ सय ४३ लोकसभा सिटमा मतदान सम्पन्न भएपछि आउँदो मे २३ मा एकसाथ मतगणना हुनेछ ।-एजेन्सीको सहयोगमा
५ बैशाख २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया