मायादेवी अनलाइन, वाणगंगा ।
बुद्धरंगशालामा जारी महिला फुटवलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेश विरुद्ध दुई गोल हानेको छ । विहीबार विहान सुरु भएको खेलको पहिलो हाफ सकिदा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई २–० गोल अन्तरले पछाडी पारेको छ ।
खेलको २९ औं मिनेटमा जर्सी नं. ९ की शर्मिला थापाले एक गोल हानिन । यस्तै ३३ औं मिनेटमा जर्सी नं. २३ कि खेलाडी इन्दिरा राईले खेल हानिन ।
खेलको उद्घाटन खेलमा कर्णाली प्रदेश विरुद्ध शानदार जित निकालेको गण्डकी प्रदेश आर्मीका सामु निरिह जस्तै बनेको छ । यद्यपि आर्मीले पटक पटक गण्डकी विरुद्ध गोल गर्ने मौका पाएपनि गण्डकीले दबाबमा राखेको छ ।
५ बैशाख २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया