एजेन्सी ।
१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको चेन्नई सुपर किङ्स पराजित भएको छ । राजिब गान्धी क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा सनराइजर्स हैदरावादले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।
चेन्नईले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य घरेलु टोली हैदरावादले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा र्गयो । हैदरावादका लागि जोनी बैयर्स्टो र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । बैयर्स्टोले अविजित ६१ रन जोड्दा वार्नरले ५० रन बनाए । चेन्नईका इमरान ताहिरले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३२ रन बनाएको थियो । चेन्नईका लागि फाफ डु प्लेसिसले ४५ रन जोड्दा सेन वाट्सनले ३१ रन बनाए । हैदरावादका राशिद खानेले २ विकेट लिए । हैदरावाद ८ खेलबाट ८ अंक जोडेको छ । हैदरावाद पाँचौं स्थानमा छ ।
प्रतिक्रिया