१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मन्त्री गोकर्णराज विष्टद्धारा बडिगाड नदीमा जलयात्रा



गुल्मी ।
श्रम रोजजार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले बडिगाड नदीमा जल यातायातको उद्घाटन गर्नुभएको छ । जिल्लाको मुसिकोट नगरपालिकाको प्रर्वधनमा झक्कले एग्रो टुरिजम रिसोर्ट प्रालिको आयोजनामा व्यवसायिक रुपमा सुरु गरिएको हो ।
उद्घाटनपछि बोल्दै मन्त्री विष्टले बडिगाड नदीलाई भरपुर उपयोग गरी समृद्धि हासिल गर्न स्थानीय तहहरुलाई आग्रह गर्नुभयोे । देशमा भएका विभिन्न सम्भावनालाई उपयोग गर्ने हो भने आर्थिक विकास तथा समृद्धि सम्भव हुने बताउनुभयो ।
ढोरपाटन घुम्न आउने पर्यटकलाई क्षेत्रमा जलयात्राको निम्ति ल्याउन सक्ने हो भने पर्यटन विकास हुने मन्त्री बिष्टको भनाइ छ । उहाले आउने जेठ महिनाको मध्यपछि स्थानीय तहमा धेरै युवाहरुले रोजगारी पाउने बताउनुभयो ।
उहाले जनतालाइ मानवीय जीवन बाँच्ने गरी सामाजिक सुरक्षा योजनामा समेट्ने भन्दै उनले आउने जेठको बजेट सँगै बृद्धबृद्धा तथा एकल महिलालाइ दिने भत्ता बृद्धि गर्ने बताउनुभयो ।
बडिगाड नदीमा नयाँ बर्ष अफरको रुपमा मंगलबारदेखि व्यवसायिक जलयात्रा सुरु गरिएको हो । झक्कले एग्रो टुरिज्म रिसोर्ट प्रालिले एक महिनासम्म बडिगाड नदीमा जलयात्राको मज्जा लिने अवसरमा जुटाएको हो ।
खर्बाङदेखि झेँदी, झेँदीदेखि भुवाचिदी तथा भुवाचिदीदेखि झक्कलेसम्म तीन चरणर्मा याफ्टिङ सञ्चालन हुनेछ । लामो समयसम्म जलयात्रा गर्न चाहनेहरुको लागि छुट्टै प्याकेजको पनि ब्यबस्था हुने बताइएको छ । सिट भने ४ सय ५० जनालाई मात्र रहेको रिसोर्टका अध्यक्ष चुरामणि सापकोटाले बताउनुभयो ।

प्रकाशित मिति : ४ बैशाख २०७६ बुधबार ००:००  २ : २४ बजे