१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नवलपरासीको देवचुलीमा अवस्थित चौधरी उद्योगमा बम विस्फोट



नवलपरासी ।
पूर्वी नवलपरासीको देवचुलीमा रहेको चौधरी ग्राम उद्योग सिजी इन्डस्ट्रियल पार्क० मा बम विस्फोट भएको छ ।उद्योगलाई लक्षित गरी बम बिस्फोट गराइएको स्थानीयले जनाएका छन् ।

प्रहरीले भने केही व्यक्तिले बोत्तलमा बारुद भरेर उद्योग भित्र फालेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले केही व्यक्तिले बोत्तलमा बारुद भरेर उद्योगभित्र फालेको बताए ।

‘तिहारमा पटाका पड्काउन प्रयोग हुने बारुद बोत्तलमा भरेर उद्योगभित्र फालिएको रहेछ । बोत्तल पड्केर ठूलो आवाज आए पनि उद्योगमा कुनै क्षति भएको छैन,’ एसपी थापाले भने, ‘घटनास्थलमा प्रहरी गएको छ । अहिले त्यहाँको अवस्था सामान्य छ ।’

प्रकाशित मिति : ४ बैशाख २०७६ बुधबार ००:००  १ : ०५ बजे