मायादेवी अनलाइन, बुद्धभूमि ।
प्रदेशको स्थायी राजधानी कपिलवस्तु बनाउन यहाँका सरोकारवाला तातेका छन् । बुधबार विहान गोरुसिंगेमा एक विशेष कार्यक्रम गरी कपिलवस्तुबासीले स्थायी राजधानीको बहश सुरु गरेका हुन् । भौगोलिक तथा प्रशासंनिक दृष्टिले प्रदेशको राजधानी कपिलवस्तु बनाउन उत्तम हुँने भन्दै जिल्लाबासीले माग राख्दै आएका छन् ।
अहिले प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवलमा रहेको छ । प्रदेश गठन भएको दुई बर्ष वितिसक्दा पनि प्रदेशको स्थायी राजधानी अझै तोक्न सकिएको छैन् । स्थायी राजधानी तोक्नका लागि प्रदेश सरकारले एक विशेष समिति गठन गरेर काम गरीरहेको छ । उक्त समितिले प्रदेशका १२ ओटै जिल्लामा पुगेर सुझाव संकलन पनि गरिसकेको छ ।
समितिले सुझाव संकलन गरिसके पनि स्थायी राजधानीको बारेमा कुनै टुंगो नभए पछि कपिलवस्तुबासीले स्थायी राजधानीको वहश सुरु गरेका हुन् ।
स्थायी राजधानी सहमतीबाट टुंगो लाग्न नसके बुहमतको आधारमा टुंग्याउन सकिने संवैधानिक व्यवस्था छ । १२ जना प्रदेश सांसद रहेका कपिलवस्तुमा बुधबारको बहशमा चार ओटा मात्र सांसद उपस्थित रहेका थिए ।
यसरी उपस्थित हुने प्रदेश सांसद दीर्घनारायण पाण्डे, अर्जुन केसी, धर्मबहादुरलाल श्रीवास्तव, सहसराम यादव, रिना नेपाल हुन् । प्रदेश सांसद विष्णु पन्थी काठमाडौंमा रहेकोले उपस्थित हुन सकेनन ।
केही समय अघि रुपन्देहीमा प्रदेश राजधानी बनाउनु पर्छ भन्दै रुपन्देहीको कांग्रेस भेलामा मन्तव्य दिएका विरेन्द्र कानौडिया पनि उक्त भेलामा अनुपस्थित थिए । यसैगरी भेलामा जिल्ला स्तरका ठूला पार्टीका नेताको पनि उपस्थिती थियो भने विभिन्न संघसंस्था पनि सहभागी थिए ।
साथै जिल्लाका स्थानीय तहका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायतको सहभागीता थियो । कार्यक्रमको सबै व्यवस्थापन बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले गरेका थिए ।
प्रतिक्रिया