एजेन्सी ।
१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ३२ औं खेलमा किङ्स इलाभेन पन्जाबले राजस्थान रोयल्सलाई १२ रनले पराजित गरेको छ । चण्डीगढस्थित आईएस वृन्दा क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा घरेलु टोली पन्जाबले राजस्थानलाई १२ रनले पराजित गरेको हो ।
टस हारेर ब्याटिङ रोजेको पन्जाबले राजस्थानलाई १ सय ८३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा राजस्थानले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रनमात्र बनाउन सक्यो ।
राजस्थानका लागि राहुल त्रिपाठीले ५० रनको अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । स्टुवार्ड बिनीले अविजित ३१, संजु सामसनले २७, अन्जिंका रहानेले २६ र जोश बट्लरले २३ रन बनाएका थिए ।
पन्जाबका लागि अर्श्दिप सिंह, रविचन्द्र आश्विन र मोहमद शामीले २र२ विकेट लिए । यसअघि पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।
पन्जाबको लागि लोकेश राहुलले ५२ रनको अर्धशतकीय पारी खेल्दा डेभिड मिल्लरले ४० रन बनाए । यस्तै क्रिस गेलले ३० तथा मायांक अग्रवालले २६ रन बनाए । रविचन्द्र आश्विन १७ रनमा अविजित रहेका थिए । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिएका थिए ।
४ बैशाख २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया