मायादेवी अनलाइन, वाणगंगा ।
आठौं राष्ट्रिय खेलकुद अन्तरगत कपिलवस्तुमा बुधबार महिला फुटवल प्रतियोगीता हुँदैछ । बैशाख ४ मा विहान साढे ७ बजेदेखि हुने खेलको लागि राष्ट्रिय स्तरका महिला खेलाडी कपिलवस्तु आईसकेका छन् । जिल्लामा आईसकेपछि बुद्धरंगशाला चारनम्बरमा खेलाडीहरु अभ्यास खेलमा जुटेका छन् ।
खेलमा रोचक कुरा त यो छ कि राष्ट्रिय टिमकी चर्चित खेलाडी सावित्रा भण्डारी पनि यहाँ आएकी छिन् । भण्डारी सशस्त्र प्रहरीको एपिएफबाट खेल्ने छिन् । साग महिला च्याम्पियन्सिपमा सनसनी मच्चाएकी सावित्रा बुद्धरंगशालाबाट खेल्ने भएपछि फुटवल रोमाञ्चक हुने धेरैको अनुमान छ । भण्डारी नेपालमा मात्र होइन् अन्तराष्ट्रिय स्तरमा पनि चर्चित छिन् । भण्डारी साफ महिला च्याम्पियन्सिपमा धेरै गोलको बर्षा गर्ने खेलाडी हुन् ।
सावित्रा संगै राष्ट्रिय टिमका ८ जना खेलाडीले यस मैदानमा खेल्नेछन् । उनीहरु सबै एफिएफका हुन् । एपिएफ बुधबार साँझ हुने दोस्रो खेलमा प्रदेश नं.१ संग खेल्दै छ । खेलाडीहरु जिल्ला आएसंगै अभ्यास खेल खलेका छन् । विहान हुने उद्घाटन खेलमा प्रदेश नं. ६ र प्रदेश नं. ४ भिड्दै छन् ।
तस्बीरमा हेर्नुहोस्
प्रतिक्रिया