१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तु सहित प्रदेश ५ मा हावाहुरी र बर्षा, मौसम खुलेजस्तो देखिए पनि झुक्याउन सक्छ !



मायादेवी अनलाइन, वाणगंगा ।
मौसमविद्ले अनुमान गरेजस्तै मौसममा अकस्मात् बदली भएको छ । दिनभर चर्को घाम लागिरहेको अवस्थामा प्रदेश ५ का बिभिन्न जिल्लाहरुमा मंगलबार दिउसो ४ बजेदेखि हावा हुरीसंगै बर्षा भएको छ । हावाहुरीसंगै आएको बर्षापछि स्थानीय त्रसित भएका छन् । मौसममा बदली आएपछि बाहिर चहलपहल पनि अकस्मात् कम भएको छ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि ३ दिनसम्म ठुलो हावा हुरी र चट्याङको सम्भावना रहेको बताएको थियो । हामीलाई प्राप्त भएको जानकारी अनुसार देशभर नै यस्तो हावा हुरीको सम्भावना भएकाले अबको ३ दिन सचेत रहन सबैलाई आग्रह गरेको छ । करिब १५ मिनेट हावा हुरी र बर्ष भएपछि अहिले भने रोकिएको छ ।केहििछन मौसम खुलेकोजस्तो देखिए पनि त्यसले झुक्याउन सक्ने भएकाले सकेसम्म बाहिर नहिँड्न, सवारी नचलाउन आग्रह गरिएको छ । यस्तै प्रदेश ४ का जिल्लाहरुमा पनि मौसममा बदली भएको छ । स्थानीय दुबानाथ न्यौपानेले पोखरामा अहिले मौसममा बदली आई हावा हुरी र बर्षा भएको बताउनु भएको छ भने स्थानीय राम प्रसाद पाण्डेका अनुसार गुल्मीमा आकाश गर्जिएको छ । पानी र हुरी आउने सम्भावना देखिएको छ । बुटवलकी स्थानीयबासी चित्रा शर्माले बुटवलमा पनि हावाहुरीसंगै बर्षा भइरहेको मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
यसका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । मंगलबार राति पनि पश्चिमि भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेर पश्चिमी भूभागका धेरै जसो स्थानमा र पूर्व र मध्यका केही स्थानमा मेघ गर्जन–चट्टयांग तथा हुरी बताससहित वर्षा र असिना पानीको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६ मंगलबार ००:००  १० : ४९ बजे