१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

टिक टकलाई एप स्टोरबाट हटाउन भारत सरकारको आग्रह



एजेन्सी ।
भारत सरकारले गुगल र एप्पललाई उनीहरुको एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ । मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र एप्पललाई आग्रह गरेको हो ।

भारतको सुचना तथा प्रविधि मन्त्रालयले गरेको आग्रह मानेर गुगल र एप्पले एप झिकेको खण्डमा भारतमा टिकटकलाई ठूलो धक्का लाग्नेछ । पहिल्यै यो एप डाउनलोड गरेकाहरुले भने चलाउन सक्नेछन् । तर, नयाँ डाउनलोड गर्न सकिनेछैन ।‘उच्च अदालतले सरकारलाई टिकटक डाउनलोड गर्न प्रतिवन्ध लगाउन अनुरोध गरेको थियो । मन्त्रालयले गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट यसलाई झिक्न अनुरोध गरेको छ । हाम्रो अनुरोध स्वीकार्ने वा अस्वीकार गर्ने उनीहरुको हातमा छ,’ मन्त्रालयका एक अधिकारीले इकोनोमिक टाइम्सलाई भनेका छन् ।

मद्रास उच्च अदालतले टिकटकले भारतमा अश्लिलता फैलाइरहेको दावी गरेको थियो । साथै भारतीय युवाहरुले यस एपमार्फत भारतीय राजनीतिज्ञहरुको बिल्ला गरिरहेको भनेर तामिलनाडुको संसदमा कुरा उठेको थियो ।गत साता टिकटकको चिनीया मालिक बाइटडान्सले ६० लाख वटा अनुचित खालका भिडियोहरु हटाएको जानकारी दिएको थियो । तर, तेस्रो पक्षले अपलोड गर्ने भिडियोमा कम्पनी जिम्मेवार नहुने उसको भनाई छ ।

मद्रास सरकारको निर्देशनका विरुद्ध कम्पनीले सर्वोच्चमा पुनरावेदन दिएको थियो । जसमा सर्वोच्चले टिकटकलाई प्रतिवन्ध गर्नु नपर्ने आदेश ग¥यो ।

टिकटक गत वर्ष विश्वभरी सर्बाधिक संख्यामा डाउनलोड भएको एप हो । भारतमा यसका करोडौं प्रयोगकर्ता छन् । गत मार्चमा मात्रैआठ करोड ८६ लाख भारतीय प्रयोगकर्ता थपिएको एक अध्ययनले देखाएको छ । भारतले गरेको आग्रहमा गुगल र एप्पले प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६ मंगलबार ००:००  १० : १० बजे