काठमाडौँ ।
सुन भनेर फलाम बेच्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वरका ३३ वर्षीय पूर्णबहादुर तामाङ, काभ्रेको चौरी देउराली गाउँपालिकाका २६ वर्षीय चन्द्रबहादुर श्रेष्ठ, २१ वर्षीय प्रविन श्रेष्ठ र १९ वर्षका सुवास श्रेष्ठ रहेका छन्।
उनीहरुले काठमाडौँका राजेश विकलाई आधा किलो सुन सस्तोमा दिने भन्दै १९ लाख नगद बुझेका थिए । सुनको गहना राख्ने रातो प्याकेट घर गई खोल्दा फलाम देखेपछि विकले ठगिएको भन्दै उजुरी गरेका थिए । विकको उजुरीको आधारमा चारैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
३ बैशाख २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया