काठमाडौं ।
संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिसमा परको दिनेशचन्द्र थपलिया र समावेशी अयोगमा सिफारिस विष्णुमाया ओझालाई सुनुवाइको लागि बुधबार दिउँसो बोलाएको छ।
मंगलबार बसेको समितिको बैठकले निर्वाचन प्रमुख आयुक्त र समावेशी अयोगमा सिफारिस भएका दुवै जनालाई दिउँसो २ बजेका सुनुवाइका लागि बोलाएको समिति सदस्य निरुपा देवी पालले बताइन्।
उनका अनुसार सिफारिसमा थपलियाविरुद्ध उजुरी दिनेहरुलाई बुधबार विहान ११ बजे छलफलका लागि बोलाएको छ।
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध ६ वटा उजुरी परेको छ। यसअघि विपक्षी दलको नेताले हैसियतले परिषद्को बैठकमा शेरबहादुर देउवाको उपस्थित नहुँदा पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णय गरेको भन्दै कांग्रेसका सांसदले आपत्ति जनाउँदै आएको थियो।
यस्तै सुनुवाइ समितिले सर्वोच्च अदालतका न्यायाधीशहरुको सुनुवाइ बिहीबार गर्ने बताएको छ।न्यायपरिषदले कानून व्यवसायी कुमार रेग्मी, हरि फुयाल, मनोजराज शर्मा र उच्च अदालतका मुख्य न्यायाधीशहरु प्रकाश ढुंगाना र सुष्मलता माथेमालाई सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गरेको थियो। उनीहरुविरुद्ध ५ वटा उजुरी परेको छ।
प्रतिक्रिया