काठमाडौं ।
मिस्टर प्लस साइज नेपालुका लागि आवेदन खुल्ला गरिएको छ। मोडल सङ्ग्स नेपालले ग्लोरी मिडियासँगको सहकार्यमा उक्त सौन्दर्य प्रतियोगिता सञ्चालन गर्न लागेको हो। मिस्टर प्लस साइज नेपाल(२०१९ु सौन्दर्य प्रतियोगितामा १६ देखि ५५ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित प्लस साइज पुरुषहरुले भाग लिन पाउने छन्। प्रतिस्पर्धामा भाग लिनका लागि १६ देखि २५ वर्ष उमेर समूहका लागि ६० केजीभन्दा माथिको तौल र २५ वर्षभन्दा माथिका समूहका लागि ७० केजीभन्दा माथिको तौल हुनुपर्ने प्रावधान तोकिएको छ।
आयोजक मोडल सङ्ग्स नेपालका प्रमुख डेबिल सिंह राजपुतका अनुसार अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो विशेष प्रशिक्षणमा राखिनेछ। जसमा प्रतिस्पर्धीहरुलाई नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्बन्धी ज्ञान तथा यसको भविष्य, कम्युनिकेसन स्किल्स, जीवन उपयोगी ज्ञान, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, समय तथा रिस व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइनेछ।
विगत २ वर्षदेखि नेपालमै पहिलोपटक महिलाहरु लक्षित ुसुपर प्लस साइज मोडल नेपालु सौन्दर्य प्रतियोगिता आयोजना गरी प्लस साइज मोडलिङ क्षेत्रमा आफ्नो बेग्लै छाप छोड्न सफल मोडल सङ्ग्स नेपालले नेपालमै पहिलोपटक पुरुष लक्षित सौन्दर्य प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजक राजपुतले जानकारी दिए।
मिस्टर प्लस साइज नेपाल सौन्दर्य प्रतियोगिताले सुन्दर र क्षमता भएर पनि सधैं पछि परेका र मोटोपनले गर्दा आफूलाई एक्सपोजु गर्न हिच्किचावटमा पर्ने गरेका पुरुषहरुको क्षमतालाइ अभिवृद्धि गर्न तथा समाजमा सकारात्मक सन्देश फैलाउनमा मद्दत पुर्याउने विश्वासका साथ सहकार्य गरेको ग्लोरी मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले बताए।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट तीन जना रनरअपहरुले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न फेसन शोु तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेस हुने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतिस्पर्धीहरुको निम्ति बैसाख २ गतेबाट अडिसन फारम वितरण भइरहेको छ।
प्रतिक्रिया