१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

ओमानविरुद्ध नेपालको सानदार जित



काठमाडौं ।

मलेसियामा जारी यू–१९ विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । ओमानले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले  ४३.२ ओभरमा सबै विकेट गुमाई २२९ रन बनाएको  थियो । २३० रनको लक्ष्य पाएको ओमानको यू–१९ टोली ४४.१ ओभरमा ७९ रन बनाउँदा अल आउट भयो।

ओमानको इनिङ धरासायी बनाउने क्रममा नेपालका लागि पवन सरार्फले ३, सूर्य तामाङ र प्रतिस जिसीले २(२ भीम सार्की, कुशल मल्ल, र कमलसिंह ऐरीले १(१ विकेट लिए ।

ब्याटिङतर्फ नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वा्धिक ७५ रन बनाए।  भीम सार्कीले ३९ रन र प्रतिस जिसीले ४१ जोडे। अन्यले भने गतिलो प्रदर्शन गर्न सकेनन्।

नेपालले २०औं ओभरमा ८१ रन बनाउँदा ५ विकेट गुमाईसके थियो। छैटौं विकेटका लागि रोहितकुमार पौडेल र भीम सार्कीले ९२ रनको साझेदारी गर्दै स्कोर १७३ रन र्पुयाए। ३५ औं ओरमा रोहित आउट भएपछि लगातार विकेट गुम्न थाल्यो। १७८ रन बनाउँदा नेपालको ९ विकेट गुमिसकेको थियो।

१० औं नम्बरमा क्रिजमा आएका प्रतिस जिसीले सूर्य तामाङसँग मिलेर ५१ रनको जोडेपछि सम्मानजक स्कोर बन्यो। आक्रमकरुपमा प्रस्तुत भएका जिसीले २३ बलमा ४ छक्का र २ चौकाको मद्दतमा ४१ रन बनाएर आउट भए। सूर्य तामाङ ७ रन बनाइ नटआउट रहे।

ओमानमाथि जित हासिल गरे पनि विश्वकपमा छनोट हुनका लागि भने नेपाललाई कठीन नै देखिएको छ । आजै भएको अर्काे खेलमा यूएईले सिंगापुरलाई ९ विकेटले हराउँदै जित यात्रालाई यथावत राखेको छ । बिहीबार हुने अन्तिम खेलमा नेपालले कुबेतलाई हराउनुका साथै ओमानले यूएईलाई हराएमा मात्रै नेपालको सम्भावना रहने छ ।

पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरी उत्कृष्ट सुरुवात गरेको नेपाली यू–१९ टोली दोस्रो खेलमा वर्षा बाधक बन्दा डीएल नियममा यूएईसँग १ रनले पराजित हुन पुग्यो ।

तेस्रो खेलमा मलेसियामाथि ८ विकेटको जित निकालेको नेपालका लागि अन्तिम खेलमा ओमानले यूएईलाई हराउने झिनो आशा भने बाँकी छ । यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली मात्रै अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुनेछ।

प्रकाशित मिति : ३ बैशाख २०७६ मंगलबार ००:००  ८ : २२ बजे