१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सरकारी जग्गा खरिद गर्नेलाई कानुनी दायरामा ल्याउँछौंः सञ्चारमन्त्री बास्कोटा



बुटवल ।
सञ्चारमन्त्री गोकुल बास्कोटाले बालुवाटारको जग्गा खरिद गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउने बताएका छन् । रुपन्देहीको मणिग्राममा प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारी जग्गा संरक्षण गर्ने सरकारको दायित्व रहेकाले सरकार पछि नहट्ने बताए ।
‘अहिले त्यो जग्गा बेचविखन र हस्तान्तरण गर्नका लागि रोक लगाएको छ, त्यो मात्रै होइन सिराहाको पनि ३८ बिगाहा जग्गा पनि त्यस्तो रहेछ, त्यो सरकारले आफ्नो मातहतमा ल्याउँछ’, उनले भने ।
मन्त्री बास्कोटाले दल र विचारका आधारमा सरकार नतमस्तक हुन नसक्ने बताए ।

‘सरकारी सम्पत्ति दुरुपयोग गर्ने कोहीकसैप्रति कुनै पद वा ओहदा, कुनै दल वा विचारप्रति नतमस्तक हुन सक्दैन’, उनले भने ।
उनले आफूले बालुवाटारको जग्गा खरिदमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति दिनेबारेमा आएको समाचारहरुको खण्डन गरे ।

प्रकाशित मिति : ३ बैशाख २०७६ मंगलबार ००:००  ७ : ५१ बजे