१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

बैङलोरको प्ले अफ सपनामा हार्दिक र मलिङगा बाधक, आज पंजाब र राजस्थान भीँड्दै



मायादेवी अनलाइन ।
इण्डियन प्रिमियर लिग अन्तर्गत गयराति सम्पन्न खेलमा मुम्बइ इण्डियन्स विजयी भएको छ । लासिथ मलिंगाको घातक बलिङ र हार्दिक पाण्डेंको तूफानी ब्याटिङपछि मुम्बइले बैङलोरमाथि ५ विकेट को जित निकालेको हो । यो मुम्बइको पाँचौ जित हो । यो हारसंगै बैङलोरको प्ले अफ पुग्ने सपना लगभग समाप्त भएको छ भने मुम्बई अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । मुम्बइले खेलिएका ७ खेलमा ५ मा जित र ३ मा हारसहित १० अंक बटुलेको छ भने बैङलोरको जम्म २ अंक मात्रै छ । प्ले अफमा पुग्न बैङलोरलाई निकै गारो छ । किनभने उसले बाकी सबै खेल फराकिलो जित हासिल गर्नुपर्ने बाध्यता छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बैङलोरले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाउन सफल भयो । सुरुवातमै ओपनरद्धय कप्तान कोहली र पार्थीव पटेललाई गुमाएर निरासाजनक सुरुवात गरेको बैङलोरको लागि एबिडिभिलियस र मोइन अलीले उत्कृष्ट पारि खेले पनि जित दिलाउन सकेनन् । एविडिले ७५ र मोइन अलीले अर्धशतकीय पारी खेलेपछि आरसिबीको सम्मानित स्कोर भएको थियो । तर अन्त्यतिरका ब्याट््समेन भने लगातार आउट भएपछि करिब २ सय रनको आँकडा पुरा गर्ने बैङलोरको सपना १७१ मै सिमित भयो । बैङलोरका सिराज, नेगी, सिराज र उमेश यादव शुन्य रनमा आउट भएका थिए । अन्त्यतिर घातक बलिङ गरेका लासिथ मलिङगाले ४ विकेट हात पारेका थिए ।

१७१ रनको लक्ष्य पछ्याएको मुम्बइले १९ ओभरमा ५ विकेट गुमाएर जित निकाल्यो । मुम्बइको लागि आक्रामक सुरुवात गरेका ओपनर क्विनटन डिकाकले सर्वाधिक ४० रन बनाए । यस्तै तुफानी ब्याटिङ गरेका हार्दिक पाण्डेले १६ बलमा ३७, रोहित शर्माले २८ तथा सूर्य कुमार यादवले २९ रन बनाए । बैङलोरको लागि मोइन अली र चहलले समान २ तथा सिराजले १ विकेट लिए । प्रतियोगितामा आज एउटा मात्र खेल हुँदै छ । आजको खेलमा राजस्थान रोयल्सले किंग्स इलाभने पञ्जाबको सामना गर्ने छ ।प्ले अफमा पुग्न आशा बचाउन आज राजस्थानलाई जित निकाल्न आवश्यक छ
अंकतालिकामा ६ खेल जितेर १२ अंक जोडेको चेन्नई शीर्ष स्थानमा छ भने १० अंक जोडेको दिल्ली दोश्रो तथा समान ८ अंक भएका कोलकाता र पञ्जाब चौथो र पाँचौ स्थनमा छन् ।।

प्रकाशित मिति : ३ बैशाख २०७६ मंगलबार ००:००  १२ : ५० बजे