१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

ओलम्पिक म्याराथन शान्ति दिप कपिलवस्तुमा, यसरी भयो स्वागत !



मायादेवी अनलाइन ।
आठौँ राष्ट्रिय खेलकुदको माध्यमबाट मुलुकमा शान्ति सन्देश छर्नको लागि हिँडेको ओलम्पिक २००९ शान्ति दिप सहितको टोलीलाई आज कपिलवस्तुको जितपुरमा स्वागत गरिएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीबाट शान्ति दिप लिएर आठौँ राष्ट्रिय खेल हुने स्थान नेपालगंज पुग्ने क्रममा टोली जितपुरमा आएको हो ।
टोलीमा नेपाललाई पहिलो अन्र्तराष्ट्रिय पदक दिलाउन सफल जित बहाादुर केसी, एसियन ट्रयाक एण्ड फिल्डका म्याराथन धावक मनिल, सन् १९८८ मा सहभागी डम्बर कुँवर ,सन् १९८८ को ओलम्पिकमा सहभागी बिमला राना मगर, मोहन घले लगायतको टोली आज बाणगंगाको जितपुरमा आएको थियो ।
टोलीलाई जिल्ला खेलकुद विकास समिति कपिलवस्तुले स्वागत गरेको थियो । समितिकाअध्यक्ष छविलाल रेश्मीको अध्यक्षता, नगरका मेयर मंगल थारुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्वधावक तथा नेपाललाई पदक दिलाउन सफल जित बहादुर केसीले विश्वमा शान्ति सन्देश छर्नको लागि शान्ति दिप बोकेर हिँडेको बताउनु भयो ।
टोलीलाई स्वागत गर्दै प्रमुख अतिथि थारुले खेलकुदको माध्यमबाट मुलुकका शान्ति सन्देश छर्न हिँडेको टोलीलाई धन्यबाद दिँदै खेलकुद राष्ट्रको चिनारी भएको बताउनु भयो ।
समितिका अध्यक्ष रेश्मीले पूर्वधावक तथा नेपाललाई पहिलो अन्र्तराष्टिय पदक दिलाउन सफल वैकुण्ड माननन्धरको टोलीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै यात्रा सफलताको कामना गर्नुभयो । चैत्र २७ गतेबाट खेलहरु सुरु भएको आठौँ राष्ट्रिय खेलकुदकको नेपालगंजमा भव्य उद्घाटन हुँदै छ ।
सो शान्ति दिपलाई सोही कार्यक्रममा लगेर विसर्जन गरिने पूर्वधावक डम्बर कुँवरले बताउनु भयो । समितिका उपाध्यक्ष दिनेश क्षेत्रीको संचालनमा सम्पन्न स्वागत कार्यक्रममा संचारकर्मी तथा खेल प्रेमिहरुको सहभागिता रहेको थियो ।
आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत कुस्ती प्रतियोगिता सम्पन्न भइसकेको छ भने पर्सी ४ गतेबाट बुद्ध रंगशालामा राष्ट्रिय महिला खेलकुद हुँदै छ ।

प्रकाशित मिति : २ बैशाख २०७६ सोमबार ००:००  ४ : १५ बजे