रुपन्देही ।
नेपालबाट भारततर्फ अवैध रुपमा सुन लैजाँदै गरेका एक नेपाली युवा भारतको सुनौलीमा पक्राउ परेका छन् । रुपन्देहीस्थित नेपाल भारत सीमानाका भारतको सुनौलीमा एक किलो सुन सहित भैरहवाका एक युवा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) वडा नम्बर ९ प्रभातपथका ३८ वर्षीय धनवन्त कुमार अग्रवाल रहेको सशस्त्र सीमा सुरक्षा बल डण्डा हेडले जनाएको छ ।
स्कुटीमा सुन लिएर भारततर्फ जाँदै गर्दा अग्रवाललाई पक्राउ गरिएको भारतीय सशस्त्र सिमा सुरक्षा बल डण्डा हेडका इन्सपेक्टर विकास रायले जानकारी दिनुभयो ।
बरामद गरिएको एक किलो सुन बिस्कुट आकारको छ । पक्राउ परेका अग्रवाललाई आवश्यक कारवाहीको लागि नौतनवा कस्टम विभागमा पठाइएको भारतीय सीमा सुरक्षा बलले जनाएको छ ।
प्रतिक्रिया