काठमाण्डौ ।
प्रधानमन्त्री निवासनजिकैको जग्गा बिक्रीको विरोधमा विवेकशील साझा पार्टीले आज प्रर्दशन गरेको छ । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गरेको हो । प्रधानमन्त्री निवास नजिकैको जग्गासमेत व्यक्तिको नाममा बिक्री गरिएको विरोधमा साझा पार्टीले सोमबार बिहान १ घण्टा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरेको हो ।
कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडि नै विरोध प्रर्दशन गर्नु परेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिनुभयो । उहाँले विरोध प्रर्दशनको माध्यमबाट भ्रष्टाचारी र बिचौलियाको फन्दामा नपर्न पनि सरकारलाई दवाव दिइएको बताउनुभयो ।
प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले समेत किनेको तथ्य बाहिर आएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रर्दशन सुरु गरेको हो ।
प्रवक्ता आचार्यले प्रधानमन्त्री निवासको जग्गा नै अपचलन गर्ने गम्भीर प्रकृतिको घटना बाहिर आएको उल्लेख गर्दै त्यसो हुन नदिन सरकारलाई खबरदारी गर्न पनि सबै नागरिक समाज, पार्टी र संचारकर्मीहरुलाई पनि आह्वान गर्नुभयो ।
२ बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया