एजेन्सी ।
फ्रेन्च लिग वानको उपाधि यात्रामा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिलेसँग लज्जास्पद हार बेहोरेको छ ।
लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले लिलेसँग ५–१ को लज्जास्पद हार बेहोरेको हो । पीएसजीले लिग वानमा १९ वर्षपछि यति फराकिलो हार ब्योहोरेको हो ।
१० खेलाडीमा समेटिएको पीएसजीलाई लज्जास्पद हार चखाउन लिलेका निकोलस पेपे, जोनाथन वाम्वा, गाब्रियल र जोसे फोन्टेले गोल गरे । एक गोल उपहार पाएको थियो । जुवान बर्नाटले सान्त्वाना गोल फर्काए ।
खेलको सातौ मिनेटमा नै पीएसजी थोमस म्युनियरको आत्मघाती गोलबाट पछि परेको थियो । छेकाको प्रहार रोक्न खोज्दा डिफ्क्लेट हुदै गोलमा परिणत भएको थियो ।
तर, पीएसजीले लिलेको त्यो अग्रतालाई लामो समय टिक्न दिएन । ११औं मिनेटमा जुवान बर्नाटले बराबरी गोल फर्काए । ३६औं मिनेटमा जुवान बर्नाट सिधै रातो कार्ड खादै मैदान बाहिरिएपछि पीएसजी समस्यामा परेको थियो ।
पीएसजी १० खेलाडीमा समेटिएको फाइदा लिलेले उठाउन सफल भयो । ५२औं मिनेटमा निकोलस पेपेले गोल गरे । ६५औं मिनेटमा जोनाथन वाम्वाले गोल गर्दै खेललाई ३–१ को अवस्थानमा ल्याए ।
७२औं मिनेटमा गाब्रियलले तथा ८४औं मिनेटमा जोसे फोन्टेले गोल गर्दै पीएसजीलाई ५–१ को नराम्रो हार चखायो । पीएसजीले बल पोजेसन राखेपनि लगातार गोल खाइरह्यो ।
जितसँगै लिलेले शीर्षस्थानको पीएसजीको सँगको अंक दुरी छोट्याएको छ । लिलेको ३२ खेलबाट ६४ अंक पुगेको छ । एक खेल कम खेलेको पीएसजीको ८१ अंक छ । हारसँगै पीएसजीले उपाधिका लागि अझै अर्काे खेल कुर्नुपर्ने भएको छ ।
प्रतिक्रिया