मायादेवी अनलाइन, वाणगंगा ।
लायन्स क्लब अफ कपिलवस्तुले विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै नयाँ वर्षको सुरुवात गरेको छ । विभिन्न विद्यालयमा अध्ययन गर्ने २० जना विद्यार्थीहरुलाई आज शैक्षिक सामग्री वितरण गरिएको हो । पञ्च निमावि वैजलपुर, मनकामना संस्कृति विद्यापिठ नन्दनगर, जनता मावि पिपरा, कपिलवस्तु आधारभुत विद्यालय र बाल ज्योति प्रावि कप्टैयाका विपन्न विद्यार्थीहरुलाई सो सामग्री वितरण गरिएको थियो ।
पञ्च निमावि वैजलपुरमा शैक्षिक सामग्री वितरण तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि वाणगंगा नगरपालिकाका नगर पवक्ता विष्णु पौडेलको हातबाट कापि कलम सिसाकलम झोला लगायतका शैक्षिक सामग्री वितरण गरिएको लायन्स क्लब अफ कपिलवस्तु वर्ष २०१९÷२० का प्रथम उपाध्यक्ष सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
नयाँ शैक्षिक सत्रको आरम्भ संगै नयाँ झोला सहित शैक्षिक सामग्री पाएको प्रति विद्याथीहरुले खुसि व्यक्त गरेका छन् । नारायण पौडेल र विश्वराज खनालले सो सामग्री संयोजन गर्नु भएको लायन्स क्लब अफ कपिलवस्तु वर्ष २०१९÷२० का अध्यक्ष कुमार खडकाले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रवक्ता विष्णु पौडेलले स्थापनाको छोटो समयमा लायन्स क्लब अफ कपिलवस्तुले समाज सेवाको क्षेत्रमा ठुलो योगदान गरेकोले नगर कार्यपालिका लायन्स क्लब संग समन्वय गरी सामाजिक सेवाका कार्यहरु गर्न तयार रहेको उल्लेख गर्नु भयो । साथै उहाँले कपिलवस्तु जिल्लाको पूर्वी उत्तरी प्रवेशद्धारका रुपमा रहेको वाणगंगा नगरपालिका वडा नम्बर २ को विकासका लागि अबको केहि दिनमा ठुलो आयोजना सञ्चालन हुने जिकिर गर्नुभयो ।
पञ्च निमाविका प्रधानध्यापक जगतराज रेग्मीले लायन्स क्लबको यस किसिमको कामले शिक्षकहरु तथा समग्र शिक्षा सम्बद्ध व्यक्तित्वहरुलाई हौसला मिलेको अनुभव सुनाउनुभयो ।
कार्यक्रम लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष कृष्ण केसिको अध्यक्षता, नगरप्रवक्ता विष्णु पौडेलको प्रमुख आतिथ्यता, पञ्च निमाविका प्रधानध्यापक जगतराज रेग्मीको विशिष्ट आतिथ्यता विभिन्न विद्यालयका शिक्षक कर्मचारीहरु तथा मिडिया संयोजक ओम प्रकाश पौडेलको आतिथ्यता, वर्ष १९÷२० का द्धितिय उपाध्यक्ष धातानन्द भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा लायनहरु नवदत्त घिमिरे, ओम प्रकाश घिमिरे, विश्वराज खनाल, नारायण पौडेल, दामोदर पन्थी लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान समेत गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया