मायादेवी अनलाइन, तौलिहवा ।
गत चैत १८ गतेबाट सुरु भएको रात्रीकालिन महोत्सव चैत ३० गते मध्यरातमा सकिएको छ । कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन कृषि उद्योग र व्यापार भन्ने मूल नारा सहित चैत ३० गते राती १२ बजे ७५ साललाई विदाई गरी नयाँ वर्ष २०७६ को सूरुवातको शुभकामना मनाउदै सम्पन्न भएको हो । महोत्सवमा एक लाख दर्शकले अवलोकन गरी एक करोढड बढीको कारोवार भएको आयोजित संघका अध्यक्ष गयादीन कुर्मीले बताए ।
सो अवसरमा सांसद बृजेश गुप्ताले खुला संग्रहालयकारुपमा रहेको कपिलवस्तुको प्रचारप्रसामार महोत्सवले भुमिका खेलेको बताए । उनले पछि परेको जिल्लाको कृषि, ब्यापार, उद्योग लगायको विकासमा सबैले हातेमालो गर्नु पर्ने बताए ।
। कार्यक्रममा पूर्व मन्त्री दानबहादुर चौधरीले महोत्सवले बुद्ध सम्वन्धी स्थलहरुको प्रचारमा योगदान मिलेको र जिल्लाको अवस्थालाई चित्रण गर्न योगदान मिलेको बताए ।
समापन अवसरमा प्रदेश सभा सदस्य धर्मबहादुर श्रीवास्तव, सहसराम यादव, रिना नेपाल, कपिलवस्तु नगरपालिकाका उप मेयर लक्ष्मी गुप्ता, यशोधरा गाउंपालिका अध्यक्ष गिरिजेश कुमार पाण्डेय लगायतले महोत्सवको बारेमा सल्लाह र सुझाव दिएका थिए ।
सोही अवसरमा नेकपाका जिल्ला सदस्य भानप्रकाश श्रेष्ठ, राजपाका अध्यक्ष डा.केपी शर्मा जनसन, कपिलवस्तु नगरपालिका वडा नं १ का अध्यक्ष सुदिप श्रेष्ठ, माहुरी होमका अध्यक्ष रवी ठाकुर लगायतले महोत्सव राम्रोसंग संचालन भई सम्पन्न भएकोमा आयोजक उद्योग वाणिज्य संघ तौलिहवालाई वधाई ज्ञापन दिएका थिए । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम तथा सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
२ बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया