मायादेवी अनलाइन, तौलिहवा ।
४० प्रतियोगीहरुलाई पछि पार्दै कपिलवस्तुको तौलिहवाकी आकांक्षा शर्मा प्रथम प्राचिन कपिलस्तु डान्स आईडलको हात पारेकी छिन् । तौलिहवा उद्योग बाणिज्य संघद्धारा तौलिहवामा आयोजित छैठो प्राचिन कपिलवस्तु महोत्सवमा गरिएको आईडलको उपाधीको ताज शनिवार मध्यरातमा पहिरिएकी हुन् ।
तौलिहवा स्थित शान्ति निकेतन बोर्डिङमा कक्षा ४ मा अध्ययनरत ९ बर्षिया शर्माले सो जितसंगै ताज र नगद ३० हजार सहीत बिभिन्न आकर्षक उपहार समेत जितिन् । उनले मेलामा शुरु भएको आईडलको ११ दिनमा गरिएको भोटिङमा सबै भन्दा बढि ५ हजार ७५ भोट पाएकी थिइन् । उनलाई प्रतिनिधीसभा सदस्य बृजेश कुमार गुप्ता र संघका अध्यक्ष गयादिन कुर्मीले नगद ३० हजार, शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यसै गरी आईडलमा जानबी चौरसिया दोस्रो भएकी छन् । उनले ४ हजार ५६ भोट पाएकी थिईन । त्यसै गरी ३ हजार १ सय ६७ भोट प्राप्त गरेकी प्रिन्सा श्रीवास्तव तेस्रो र ६ सय ६० भोट पाएकी हिमानी सिग्देलले सान्त्वना स्थान प्राप्त गरिन ।
दोश्रो भएकी चौरसियालाई २० हजार, तेश्रो भएकी श्रीवास्तवलाई १० हजार तथा सान्त्वना भएकी सिग्देलाई ५ हजार नगद प्रमाण पत्र प्रदान गरिएको थियो । सानै देखि नृत्युमा रुची राख्ने शर्माले यो जितमा आफ्नो अभिभावक र गुरुहरुको आर्शिवादले प्राप्त गरेको बताईन । उनले भबिष्यमा आफु नेपाल आईडल बन्न चाहने बताईन । उपाधी सगै प्राप्त गरेको नगद रकम भने पुशपति प्रताप पुस्तकालय र बाल गृह लगायतका स्थानमा सामाजिक सेवामा सहयोग गरिने आकांक्षाका पिता अजय शर्माले बताए । २० हजार पुस्तकालय र १० हजार बालगृहलाई प्रदान गरिने उनले बताए ।
२ बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया