रामप्रघट कोरी, विजयनगर ।
विजयनगर गाउँपालिकाको वडा नं. ४ शंकरपुरको खेल मैदानमा सोमबारदेखि दुर्गादेवी युवा क्लबको आयोजनामा खुल्ला क्रिकेट टुर्नामेन्ट प्रतियोगिता २०७६ सुरु भएको छ । क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले क्रिकेट टुर्नामेन्ट खेललाई उद्घाटन गर्नु भएको हो ।
नेपालका खेलाडीहरुले देखाएको आफ्नो प्रतिभाले पछिल्लो चरणमा भएको खेलले राम्रो स्थान हासिल गर्दै गएको भन्दै सन्दीप लामिछानेको प्रशंसा गरे । अन्तराष्ट्रिय खेल जगतमा पनि नेपाल र नेपालीको पहिचानको साथै आर्थिक सबलताको कुनै कमी नरहने शाहले बताए । यसरी नै खेल जगतबाट व्यक्तिमा ल्याएको परिवर्तनलाई अनुसरण गरियो भने छोटो समयमा प्रगती गर्न सक्ने र युवाहरुलाई खेलबाट आफ्नो क्षमता बाहिरा ल्याउनका लागि आफ्नो कोषबाट ५० हजार सहयोग गरेको बताए ।
यस्तै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले खेलबाट धार्मिक, साँस्कृतिक, सामाजिक सद्भाव बढ्नुको साथै भाईचाराको सुमुधुर सम्बन्ध प्रगढ हुदै जाने बताए । युवाहरुका लागि आगामी दिनमा खेलमा राम्रो स्थान दिन सहयोग गर्ने थापाले बताए ।
आजको खेलमा २० टीमको सहभागिता रहेको छ भने चैपुरवा र राईजिङ्ग स्टार शिवपुर टीम वीच प्रतिस्पर्धा आज हुने भएको छ । खेल प्रतियोगिता १२ गतेसम्म चल्नेछ । खेलमा प्रथम स्थान हासिल गर्ने टीमलाई ३१ हजार मेडल र प्रमाण पत्र, दोस्रो स्थानलाई २१ हजार मेडल र प्रमाण पत्र र तेस्रो स्थानलाई ११ हजार मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रथम हुनेलाई अभिषेक प्रताप शाह, दोस्रो हुनेलाई प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनौडिया र तेस्रो स्थानलाई साामजसेवी रामु यादवले प्रायोजन गर्ने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहको प्रमुख अतिथ्यता, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाको विशेष अतिथ्यता, विजयनगर गाउँपालिका वडा नंं. ४ का वडा अध्यक्ष तिलकराम कंडेल र युवा नेता अमर पौडेलको अतिथ्यता र दुर्गादेवी युवा क्लबका अध्यक्ष डोर बहादुर कार्कीको अध्यक्षता तथा प्रभात न्यौपानेको सञ्चालनमा सम्पन्न भएको छ ।
प्रतिक्रिया