गीता अर्याल, वाणगंगा ।
नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले नयाँ वर्ष २०७६ को अवसरमा सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नु भएको छ । अध्यक्ष पोखरेलले आज एक शुभकामना सन्देश जारी गर्दै आर्थिक समृद्धीका लागि सवै राजनीतिक दलबीच सहकार्य हुनपर्नेमा जोड दिनुभएको छ ।
उहाँले नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपालको सपनालाई साकार पार्ने साझा अभियानमा कपिलवस्तु जिल्लाका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा अपिल गर्नुभएको छ । उहाँले एक आपसमा सामाजिक सद्भाव र भाइचारा कायम राख्दै नयाँ वर्षले जिल्लाको विकास निर्माणले गतिलिने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै नयाँ वर्ष २०७६ का अवसरमा प्रदेश साँसद विष्णु पन्थीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, प्रगति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले शुभकामना सन्देश दिदै नयाँवर्षको नयाँ उमंग र उत्साहलाई आर्थिक सम्बृद्धि र विकासमा लगाउन सवैलाई आग्रह गर्नुभएको छ । शुभकामना सन्देशमा साँसद पन्थीले अव मुलुक राजनितिक रुपले परिवर्तित भइसकेको बताउदै देशमा आर्थिक रुपान्तरण हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद पन्थीले नेपालमा संघीयता कार्यान्वयन भइसकेकोले तिनै तहका सरकारहरु देशको विकास निर्माण, रोजगारी सिर्जना र उत्पादन बृद्धिमा जोड दिदै आर्थिक सम्बृद्धि हासिल गर्न सवै तहतप्का लाग्नुपर्ने बताउनुभयो । नयाँ वर्षले सवै नेपालीलाई एकताबद्ध भएर विकास निर्माणको अभियानमा जुट्न उत्साह र हौसला प्रदान गरोस भन्ने शुभकामना प्रकट गर्नुभएको छ ।
नेपाली कांग्रेसका सुरेन्द्र आचार्यले नयाँवर्ष २०७६ को अवसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । उहाँले शुभकामना सन्देशमा देशमा भ्रष्टाचार अन्त्य गर्दै सरकारले सुशासनको प्रत्याभूति गराउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले देशमा व्याप्त गरिबी, अशिक्षा र बेरोजगारी अन्त्य गर्दै विकसित र समृद्ध नेपाल निर्माणमा सवै राजनीतिक दलसंग हातेमालो गर्न आवश्यक रहेको बताउनु भएको छ ।
पूर्व राज्यमन्त्री समेत रहनुभएका आचार्यले काम गर्ने प्रशस्त वातावरण हुँदाहुँदै पनि वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभयो । दुई तिहाईको सरकार बनेपछि जनताले धेरै आशा गरेको भन्दै सरकारले आशा जगाउने गरी काम गर्न नसकिएको बताउनुभयो । नयाँवर्षको नयाँ उमंग र उत्साहलाई विकसित र समृद्ध राष्ट्र बनाउने अठोट र संकल्पमा सवै राजनीतिक दल एकताबद्ध भएर जुट्नुपर्ने बताउनुभएको छ ।
१ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया