मायादेवी अनलाइन, बुद्धभूमि ।
सरकारका प्रवक्ता एवं सुचना सन्चार मन्त्री गोकुल बास्कोटाले बर्तमान सरकारले एकपछि अर्को भष्ट्रचारीलाई नियन्त्रणमा लिएर कार्रवाही अगाडी बढाएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाद्धारा सोमबार अपराह्न गोरुसिंगेमा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । पछिल्लो समय ललिता निवास लगायत ५ सय बढि भष्टचारीलाइ कार्रवाहीको दायरामा ल्याएको दावी गर्नुभयो ।
निर्मला पन्त, वाइडबडी विमान, ३३ किलो सुन प्रकरणमा संलग्न पनि क्रमश कानुनको कठरामा आउने बताउनुभयो । साथै उहाँले यसवर्ष श्रमजिवि पत्रकारका लागि सुखद वर्ष हुने स्मरण गराउँदै जसका लागि संसदमा जारी विधेयक छिट्ै पारित हुने बताउनुभयो ।
प्रतिक्रिया