दीपा महत, वाणगंगा ।
नयाँ शैक्षिकसस्त्रको विद्यालय भर्ना अभियान सोमबार देखि देशभर सञ्चालन हुँदैछ । “हाम्रो नगर हाम्रो गाउँ, सवै बालबालिकालाई विद्यालय पुराऔं” भन्ने मूल नाराका साथ भर्ना अभियान सुरु हुन लागेको हो । भर्ना अभियान कपिलवस्तुका १० ओटै स्थानीय तहमा पनि सोमबार देखि सुरु हुँदै छ । जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिकामा सोमबार देखि एकै साथ भर्ना अभियान सुरु हुने शिक्षा विकास तथा समन्वय इकाई समिति कपिलवस्तुका प्रमुख बाबुराम भट्टराईले जानकारी दिनुभयो ।
सोमबार देखि सुरु हुने भर्ना अभियान बैशाख १४ गते सम्म सञ्चालन हुने भटट्राईले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । पहिलो चरणको अभियान सञ्चालन गरे पछि अरु छुटेका विद्यार्थीलाई घरदैलो मार्फत भर्ना विद्यालयको पहुँचमा ल्याउने योजना रहेको उहाँले बताउनुभयो ।
भर्ना अभियान संगै विद्यार्थीले नयाँ पुस्तक पनि प्राप्त गर्नेछन् । नयाँ पुस्तकका लागि बैशाख ५ गते सम्म कुर्नु पर्ने उहाँले बताउनुभयो । विद्यार्थी भर्ना संगै पाठ्यपुस्तक संग संगै दिने व्यवस्था भएपनि कपिलवस्तुमा बैशाख ५ गते विशेष कार्यक्रमका बीच पुस्तक वितरण गरिने उहाँले बताउनुभयो । यस बर्ष पाठ्यपुस्तक प्रयाप्त भएको कारण पुस्तकको कुनै अभाव नहुँने भट्टराईको दाबी छ ।
धेरैजसो विद्यालयमा पाठ्यपुस्तक पठाई सकिए पनि केही विद्यालयको पाठ्य पुस्तक स्टेशनीमा राखिएको भन्दै बैशाख ४ गते भित्र सबै विद्यालयमा पुग्ने बताइएको छ । सरकारी विद्यालयको पाठ्यपुस्तकका जिम्मा स्थानीय स्टेशनरीलाई दिने व्यवस्था छ ।
यता जिल्लाका अधिकांश विद्यालयले बार्षिक परिक्षाफल प्रकाशित गरिसकेको पनि शिक्षा विकास तथा समन्वय ईकाई समिति कपिलवस्तुले दाबी गरेको छ ।
१ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया