१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

लुक्ला विमान दुर्घटनामा तीनजनाको ज्यान गयो, चार जना घाइते



सोलुखुम्बु ।
लुक्ला विमानस्थलमा समिट एयरको विमान मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । चारजना घाइते भएका छन् ।
घाइते हुनेमा विमान र हेलिकोप्टरका पाइलट छन् । बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौका लागि उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर रोकिराखेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा विमानका कोपाइलट सुजित ढुंगाना र धावनमार्गमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको ज्यान गएको हो ।
अर्का एकजना प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाण्डौ ल्याइएकोमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६ आइतबार ००:००  ७ : ४१ बजे