मायादेवी अनलाइन, तौलिहवा ।
५३ किलो समुहकी स्वर्ण बिजेता १५ बर्षकी कान्छी कुस्तीबाज सिवांगी दुबेको सागमा सहभागी हुने सपना छ । कपिलवस्तुको बाणगंगा नगरपालिकाको बुङ्चीमा चैत २७ देखि २९ गते सम्म संपन्न भएको आठौ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरर्गत कुस्तीमा सहभागी हुने सबै भन्दा कान्छी खेलाडी उनै हुन् । तर खेलकुद परिषदले १८ बर्ष पुरा भएकालाई मात्र खेलमा सहभागी बनाउने प्रावधान बनाएको छ । जसका कारण उनको उमेर १८ बर्र्ष ४ महिना देखाईएको छ ।
उनी हुन सदुर प्रदेशबाट आठौ राष्ट्रिय खेलकुद प्रतियोगीताको सहभागी शिवांगी दुबे । ५३ किलो तौल समुहमा स्वर्र्ण निकालेर सबैलाई चकित पारिन । सुदर प्रदेशको नाम राखिन । उनले नेपाली सेनाकी कोपिला थापा मगरलाई हराउदै स्वर्ण हात पारिन ।
महेन्द्र नगरको कन्चनपुर स्थित आर्दश बिद्या निकेतनकी कक्षा १० की छात्रा दुबे जित पछि निकै खुशी भएकी छिन । यस अघि नेपालमा भएका राष्ट्रिय स्तरका प्रतियोगीतमा ५ पटक स्वर्ण हासिल गरी छिन । उनको सपना अन्र्तराष्ट्रिय प्रतियोगीतामा जिताएर नेपालको नाम उच्च राख्ने बताउँछिन ।
जितको श्रेय आफ्ना प्रशिक्षण गुरु महेश्वरलाई दिदै उनले भनिन ‘मलाई अझै धेरै अघि जानु छ’ । ‘देशमा आफनो नाम त राखे अब बिदेशमा पनि आफनो क्षमता देखाउनु छ’ उनले भनिन । अबको आफ्नो चाहना सागको सहभागी भई देशलाई पदक दिलाउने आफ्नो चाहना रहेको उनले बताईन ।
उनका बुवा राजु दुबे कुस्तीका प्रशिक्षक हुन् । बुवाको प्रेरणा र साथले कुस्तीमा लागेको उनले बताईन । ‘घरको माहोल र परिवारको साथ पाएर नै यहा सम्म पुगकी छु’ उनले भनिन । पढाईसंग, खेल अभ्यासलाई समेत अघि लागेको उनले बताईन । छोरीको सफलताले हर्षित बनेका बुवा राजुले छोरीले कुस्तीमा राम्रो खेलेको बताईन । ‘राम्रो प्रशिक्षण र वातावरण पाए भने छोरी अझै अघि जान्छे ’ उनले भने ।
प्रतिक्रिया