राजेन्द्र खनाल, वाणगंगा ।
नयाँ शक्ति पार्टी नेपाल कपिलवस्तुले आइतबार एक दिने बृहत अन्र्त्क्रिया कार्यक्रम आयोजना गरेको जनाएको छ । नयाँ शक्ति पार्टी नेपाल कपिलवस्तुले दिएको जानकारी अनुसार आइतबार कपिलवस्तु नगरपालिकाको सभाहल तौलिहवामा वर्तमान समयमा विकास र समृद्धिको प्रश्न विषयक बृहत अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक नारायण खनालले जानकारी दिए ।
नयाँ वर्ष २०७६सालको शुुभकामना आदान प्रदान सँगै आयोजना गरेको एक दिवशिय अन्तक्रियामा सम्बोधन गर्न नया शक्ति पार्टी नेपाल ५ नम्बर प्रदेश प्रवक्ता एवम् अर्थ विश्लेषक मनिकर कार्की सहित नयाँ शक्तिका ५ नम्बर प्रदेश इन्चार्ज दानबहादुर चौधरी, प्रदेश संयोजक कमल खनाल, संगठन विभाग प्रमुख यज्ञ पोख्रेल, केन्द्रिय संरक्षक परिषद सदस्यहरु विष्णुहरी शर्मा र रामलौटन तिवारी, संघिय परिषद सदस्य डा. गोपाल गुुप्ता, केन्द्रिय विज्ञ परिषद सदस्य डा. मुुक्ति रिजाल, लगायत जिल्ला स्थित विभिन्न राजनैतिक दलहरु, मानवअधिकार कर्मी, प्रोफेसर कानुुनविद, संचारकर्मीहरुको सहभागिता रहने भएको छ ।
त्यस्तै कार्यक्रममा सामाजिक अगुवा सहित विकास र समृद्धिका विषय र क्षेत्रमा कार्यरत व्यक्तिहरुको सहभागिता रहने नयाँ शक्ति पार्टी नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुले जनाएको छ ।
त्यस्तै नयाँ शक्ति पार्टी नेपालले केहि महिना अघि सुरुवात गरेको ५ महिना ५ काम र ५ परिणामले जोड दिएको एक विषय अन्र्तगत वर्तमान राजनैतिक परिस्थितिका बीच आफ््नो समुदाय र दैनिक व्यवहारमा विकास र समृद्धिको चिन्ता गर्ने सामाजिक अगुवाहरुका लागि कार्यक्रमको अयोजना गरिएको जिल्ला संयोजक खनालले जानकारी दिए ।
१ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया