नवलपरासी ।
पूर्वी नवलपरासीमा गएराति भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ । दुर्घटनामा १० यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु– १० अरुणखोलामा बिग्रिएर सडकमा रोकिराखेको ना ६ ख १६१८ नंको ट्रकलाई सुनौलीबाट काठमाडौं हिँडेको ना६ख २४८१ नं बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका तनहुँ सुक्लागण्डकी गापा–२ बस्ने अन्दाजी २२र२३ वर्षका रामु सुनारको उपचारका क्रममा नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १० यात्रु घाइते छन् । उनीहरुको भतरपुरस्थित नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया