दिपक अनुरागी, कपिलवस्तु ।
आठौं राष्ट्रिय खेलकुद अन्तर्रगत कपिलवस्तुमा बुधबार देखि सुरु भएको पुरुष तर्फको कुस्तीमा प्रदेश नं. २ ले वर्चश्व जमाएको छ । शुक्रबार सम्पन्न खेलमा ५६ केजी देखि १ सय २५ केजी तर्फका १० खेलमा प्रदेश नं. २ ले ६ स्वर्ण पदक जित्दै बर्चश्व जमाएको हो । प्रदेश नं. ५ मै आयोजना भएको खेलमा ५ नं. प्रदेशले ३ स्वर्ण पदक जितेको छ भने विना विभागीय टिम नेपाली सेनाले एउटा मात्र स्वर्ण पदक हाता पारेको छ ।
५७ केजी तर्फ प्रदेश नं. २ का नरेश यादवले स्वर्ण पदक जितेका छन् । उनले नेपाली सेनाका तिलक देउजालाई पराजित गरे । देउजाले दोस्रो हुँदै रजत पदक पाएका छन । यस्तै यहि केजी समुह अन्तर्रगत प्रदेश नं. ७ का पारस चन्दले कास्य पदक जितेर तेस्रो भएका छन् ।
६१ केजी तर्फ पनि प्रदेश नं. २ का जय मंगल यादवले स्वर्ण पदक जिते । उनले प्रदेश नं. ३ का जादुलाल यादवलाई हराएका हुन् । जादुलालले रजत पदक प्राप्त गरे भने नेपाल प्रहरीका भागवत शाहले तेस्रो हुँदै कास्य पदक प्राप्त गरे ।
६५ केजी तर्फ पनि प्रदेश नं. २ नै हावी भयो । यसमा सरोज यादवले नेपाल प्रहरीका रितेश प्रसाद यादवलाई हाराएका हुन् । रितेशले रजत पदक हाता पारे भने प्रदेश नं. ७ का अर्जुन गुरुङले कास्य पदक जिते ।
७० केजी तर्फ भने नेपाली सेनाका सुरेश चुनारा हावी भए । चुनाराले प्रदेश नं. २ का मनोज प्रसाद यादवलाई पराजित गरेका हुन् । यादवले रजत पदक जिते भने प्रदेश नं. ६ का सोनाम रावत तेस्रो हुँदै कास्य पदक हाता पारे ।
७४ केजी तर्फ प्रदेश नं. ५ का बैजनाथ यादवले स्वर्ण पदक जिते । यादवले प्रदेश नं. २ का मुस्तार आलमलाई हराएका हुन । मुस्तारले रजत पदक प्राप्त गरे भने नेपाल प्रहरीका अब्दुल्लाह मियाँ तेस्रो हुँदै कास्य पदकमा चित्त बुझाउन बाध्य भए ।
७९ केजी तर्फ पुन्नीलाल राउतले स्वर्ण पदक जिते । प्रदेश नं. २ का राउतले प्रदेश नं. ३ का सुनिल कुमार शाहलाई हराएका हुन् । शाहले रजत पदक प्राप्त गरे । प्रदेश नं. ७ का विकास चन्द तेस्रो हुँदै कास्य पदकमा चित्त बुझाए ।
८६ केजी तर्फ प्रदेश नं. ५ का भुवनेश्वर यादवले स्वर्ण पदक जिते । उनले प्रदेश नं. ७ का सञ्जय तिरनातरीलाई हराएका हुन । सञ्जयले रजत पदक प्राप्त गरे भने नेपाल प्रहरीका सविन्द्र प्रसाद यादवले कास्य पदक पाउँदै तेस्रो भए ।
९२ केजि तर्फ प्रदेश नं. २ का सुमिर शाहले कास्य पदक जिते । शाहले नेपाल प्रहरीका सागर कुमार यादवलाई हराएका हुन् । यादवले रजत पदक प्राप्त गरे भने प्रदेश नं. ५ का समरुद्धिन मियाँ तेस्रो हुँदै कास्य पदक पाए ।
९७ केजीमा प्रदेश नं. ५ का रमेश गोतामे शावी बने । गोतामेले प्रदेश नं. २ का सन्दीप कुमार यादवलाई हराएका हुन् । तीन दिन सम्म जारी कुस्ती खेलमा पुरुष तर्फ उत्कृष्ट उपाधि पाउँन सफल गोतामेले यादवलाई रोक्दै रजत पदकमा झारेका हुन् । नेपाल प्रहरीका श्याम पटेल तेस्रो हुँदै कास्य पदक जिते ।
१ सय २५ केजीमा प्रदेश नं. २ का राज यादव हावी हुँदै स्वर्ण पदक जिते । राजले प्रदेश नं. ७ का करण भट्टलाई विजेता हुनबाट रोकेका हुन् । भट्ट रजत पदकमा चित्त बुझाउन बाध्य भए भने नेपाल प्रहरीका रामधारी प्रसाद यादव तेस्रो हुँदै कास्य पदक जिते ।
महिला कुस्तीमा प्रदेश नं. ७ को वर्चश्व
आठौं राष्ट्रिय खेलकुद अन्तर्र्रगत कपिलवस्तुमा सम्पन्न महिला तर्फको कुस्तिमा प्रदेश नं. ७ ले वर्चश्व कायम गरेको छ । कुस्ती अन्तर्रगत ५० केजी देखि ७६ केजी सम्मका १० ओटा खेल भएका थिए । जस मध्ये प्रदेश नं. ७ ले वर्चश्व कायम राखेको हो । प्रदेश नं. ७ ले ५० केजी, ५३ केजी, ५५ केजी, ६५ केजी, ६८ केजी, ७२ केजी तर्फ जित हाता परेको छ ।
यस्तै विना विभागीय टिममा नेपाली सेनाले ५७ केजी, ५९ केजी, ६२ केजी तर्फ स्वर्ण पदक हाता पारेको छ । ७६ केजी तर्फ प्रदेश नं. १ ले एक स्वर्ण हाता पारेको छ । अरु ५ प्रदेश र नेपाली प्रहरी स्वर्ण विहिन बने ।
प्रदेश नं. ७ की ५० केजी तर्फकी मनिता सिंहले स्वर्ण पदक जितिन । उनले नेपाली सेनाकी लक्ष्मी तामाङलाई हराएकी हुन् । तामाङ रजत पदकमा चित्त बुझाउन बाध्य भइन् । प्रदेश नं. ५ की सविता श्रेष्ठ तेस्रो हुँदै कास्य पदक जितिन ।
५३ केजी तर्फ पनि प्रदेश नं. ७ की सिवाङ्गी दुवेले स्वर्ण पदक जितिन । दुवेले नेपाली सेनाकी कोपिला थापा मगरलाई हराएकी हुन । थापाले रजत पदक जितिन । प्रदेश नं. १ की राधा कुमारी खत्वे तेस्रो हुँदै कास्य पदक जितिन् ।
५५ केजी तर्फ पनि प्रदेश नं. ७ नै हावी भयो । यसमा संगीता धामीले प्रदेश नं. ५ की सपना श्रेष्ठलाई हराएकी हुन् । श्रेष्ठले रजत पदक जितिन । प्रदेश नं. १ की अमृता लिम्बु तेस्रो हुँदै कास्य पदक हाता पारिन् ।
५७ केजी तर्फ भने नेपाली सेनाकी कविता पुनले स्वर्ण पदक जितिन । उनले प्रदेश नं. ७ की अम्बिका भण्डारीलाई हराएकी हुन् । भण्डारीले रजत पदक जितिन भने प्रदेश नं. ५ की श्रीजना चन्दले तेस्रो हुँदै कास्य पदक जितिन् ।
५९ केजी तर्फ नेपाली सेनाकी कविता पुनले स्वर्ण पदक जितिन । उनले प्रदेश नं. ७ की कोमल खत्रीलाई हराएकी हुन् । खत्रीले रजत पदक जितिन भने प्रदेश नं. १ की लक्ष्मी उराव तेस्रो हुँदै कास्य पदक हाता पारिन् ।
६२ केजी तर्फ नेपाली सेनाकी शुसीला चन्द विजयी भइन् । उनले प्रदेश नं. ७ की सपना चन्दलाई हराएकी हुन् । चन्दले स्वर्ण पदक जितिन । दोस्रो हुँदै सपनाले रजत पदक प्राप्त गरिन भने तेस्रो हुँदै प्रदेश नं. १ की सम्रन थापा मगरले कास्य पदक जितिन ।
६५ केजी तर्फ प्रदेश नं. ७ की नीरा आउजी विजयी भइन् । उनले सुमित्रा मगरलाई हराएकी हुन । मगर नेपाली सेनाकी हुन । स्वर्ण पदक जित्न सफल आउजी भइन् भने मगरले रजत पदक जितिन । प्रदेश नं. १ की प्रिजिन्ता तामाङ तेस्रो हुँदै कास्य पदक लगिन ।
६८ केजी तर्फ प्रदेश नं. ७ की विमला सुनारले विजयी भइन् । उनले नेपाल प्रहरीकी निर्मला जागरीलाई हराएकी हुन् । जागरीले रजत पदक प्राप्त गरिन । तेस्रो हुँदै प्रदेश नं. ५ की शान्ता चौधरीले कास्य पदक जितिन ।
७२ केजी तर्फ प्रदेश नं. ७ की लक्ष्मी खत्री विजयी भईन् । खत्रीले नेपाल प्रहरीकी रेखा रावललाई हराउँदै स्वर्ण पदक जितेका हुन । रावलले दोस्रो हुँदै रजत पदक लगिन भने प्रदेश नं. १ की सदिक्षा राई तेस्रो हुँदै कास्य पदक जितिन ।
६७ केजी तर्फ श्रीजासु गिरी विजयी भइन् । प्रदेश नं. ७ र नेपाली सेना हावी भएको बेला अन्तिम समयमा भएकी यो खेलमा गिरीले स्वर्ण पदक जितेकी हुन् । उनले प्रदेश नं. ५ की लक्ष्मी विसीलाई हराएकी हुन । यो केजी समुहमा प्रदेश नं. ७ की मोनिका चन्द तेस्रो भइन् । उनले कास्य पदक जितिन् । यति मात्र होइन् महिला तर्फ प्रदेश नं. १ की गिरी नै उत्कृष्ट खेलाडी बनिन् ।
३० चैत्र २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया