१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष राउत प्रकाउ



अर्घाखाँची ।

विप्लव निकट अखिल क्रान्तिकारीका अर्घाखाँची अध्यक्ष पक्राउ परेका छन् । अर्घाखाँची प्रहरीले जिल्ला अध्यक्ष विष्णु राउत क्षेत्रीलाई प्रकाउ गरेको हो । सरकारले विप्लवलाई प्रतिबन्ध लगाएको कारण पछिल्लो समय नेकपाका कार्यकर्ता धमाधम पक्राउ परिरहेका छन ।

अध्यक्ष राउतले सरकारी संघसंस्था तथा विद्यालयहरूमा वृद्धि भएको शुल्क खारेज सहित विभिन्न माग राख्दै ध्यानाकर्षण गराएको पाईएकाले प्रकाउ गरिएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले टेलिफोनमा जानकारी दिए ।

उनलाई दिउँसो ३ बजे चुत्रावेशिबाट प्रकाउ गरिएको हो । क्षेत्री क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष हुन् । उनी पाणिनि बहुमुखी क्याम्पस प्रथम वर्षमा अध्ययनरत छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५ शुक्रबार ००:००  २ : ३४ बजे