लमही ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले मातृभाषामा शिक्षा दिनका लागि विधेयक पारित गरेको छ। यससँगै अब उपमहानगरपालिका भित्रका कक्षा १ देखि ५ सम्म कुनै पनि विद्यालयले मातृभाषामा शिक्षा दिने बाटो खुला भएको छ ।
मातृभाषाबाट पढाउँदा बालबालिकालाई अन्य भाषा सिक्न पनि सहज हुने भएकाले मातृभाषाबाट पढाउनका लागि नीति निर्माण गरिएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए। अर्कातर्फ मातृभाषा संरक्षणमा पनि यसले टेवा र्पुयाउने उनको भनाई छ। उपमहानगरको चौथो सभाले पारित गरेको संशोधनसहितको शिक्षा विधेयकमा सो कुराको व्यवस्था गरिएको छ। उपमहानगरपालिकामा थारु र मगरको बाहुल्य छ ।
विधेयक पारितसँगै शिक्षामा देखिएका अन्योल हटेर जाने तथा उपमहानगरपालिकामा नै विद्यालय सार्ने, समायोजन गर्ने, नाम परिवर्तन गर्ने, कक्षा स्थगन वा बन्द गर्ने अधिकार रहने शिक्षा समितिका संयोजक देवराज विकले बताए ।
विधेयकमा तोकिएको सीमाभन्दा कम विद्यार्थी सङ्ख्या भएका कारण कुनै पनि सामुदायिक विद्यालय तत्काल अन्य विद्यालयमा समायोजन हुन सक्ने अवस्था नभएमा सोही वडाको कुनै माध्यमिक विद्यालयको शाखाका रुपमा सञ्चालन हुन सक्ने व्यवस्थासमेत गरिएको छ ।
२९ चैत्र २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया