१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

भारतको छत्तीसगढमा माओवादी आक्रमण, बीजेपी विधायकसहित ५ जनाको मृत्यु



एजेन्सी ।
भारतको छत्तीसगढमा माओवादीले गरेको आक्रमणमा भारतीय जनता पार्टी भाजपाका एक विधायकसहित पाँच जनाको ज्यान गएको छ । विधायक भीमा मन्डावी चढेको गाडीलाई लक्षित गरी भएको आक्रमणमा उहाँसहित चालक र तीन जना सुरक्षाकर्मीको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणप्रति खेद व्यक्त गर्नु भएको छ । छत्तिसगढमा रहेको श्यामगिरी पहाडमा पर्ने दन्तेवाडाको सडक खण्डमा गुडिरहेको गाडीमा आक्रमण भएको हो ।
आक्रमणबाट मन्डावी चढेको बुलेटप्रुफ गाडी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । दन्तेवाडामा दुई दिनपछि लोकसभाको पहिलो चरणको चुनाव हुँदै छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५ शुक्रबार ००:००  ६ : ५५ बजे