१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

राजस्थानमाथि चेन्नईको रोमाञ्चक जित, अन्तिम ओभर बन्यो नाटकीय



एजेन्सी ।
इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्सले रोमाञ्चक छैटौं जित निकालेको छ। बिहिबारराति भएको रोमान्चक खेलमा घरेलु टोली राजस्थान रोयल्सलाई अन्तिम ओभरमा ४ विकेटले पराजित चेन्नईले छैटौं जित निकालेको हो। जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा राजस्थानले दिएको १५२ रनको लक्ष्य चेन्नईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर पुरा गर्यो। चेन्नईको जितमा कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले अर्धशतकीय इनिङ्स खेले। धोनीले ५८ रन जोड्दा रायडुले ५७ रन बनाए। मात्र २४ रन जोड्दा ४ विकेट गुमाईसकेको चेन्नईका लागि धोनी र रायडुले उत्कृष्ट अर्धशतीय पारी खेल । यस्तै मिचेल स्टाननरले अविजित १० तथा रविचद्र जडेडा अविजित ९ रन बनाए।

राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए। यस्तै धवल कुलकर्मी, जयदेव उनाडकट र जोफ्रा आर्चरले एक एक विकेट लिए। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धा्िरत २० ओभर खेल्दै ७ गुमाएर १५१ रन बनाएको थियो। जितसंगै शीर्ष स्थानको चेन्नईले ७ खेलबाट १२ अंक जोडेको छ। ६ खेलमा २ अंक जोडेको राजस्थान लिगको पुछारबाट दोस्रो स्थानमा रहेको छ।
खेलको अन्तिम ओभर नाटकीयजस्तै बन्यो । चेन्नाईलाई अन्तिम ओभरमा १८ रन चाहिएको थियो । अन्तिम बलमा ३ रन आवश्यक रहेका बेला मिचेल सेन्टनरले छक्का प्रहार गरेर टीमलाई जिताए । अन्तिम ओभरमा वेन स्टोक्स थिए । पहिलो बलमा जडेजाले आकर्षक छक्का प्रहार गरे । दोश्रो बलमा १ मा उनले १ रन लिएर ध्वनीलाई क्रिज दिए । तेश्रो बलमा स्टोक्सले नो बल फाले । त्यही बलमा चेन्नईले फ्रि हिट पायो । त्यसमा ध्वनी पतन भए ।

त्यसपछि खेल राजस्थानको पोल्टमा जस्तै थियो । क्रिजमा मिचेल सेन्टनर आए । उनले २ रन लिए । अब चेन्नइको लागि अन्तिम बलमा ३ रन चाहिएको थियो । अन्तिम बलमा ३ रन आवश्यक रहेका बेला मिचेल सेन्टनरले छक्का प्रहार गरेर टीमलाई जिताए ।

प्रकाशित मिति : २९ चैत्र २०७५ शुक्रबार ००:००  २ : ५९ बजे