मायादेवी अनलाइन, वाणगंगा ।
बाणगंगा सिद्धिपुरमा रहेको होराइजन आवासिय माविले अभिभावक दिवस र नतिजा प्रकाशनको अवसरमा संस्कृत विद्यापीठ नन्दनगरका बटुक र गुरुकुलमका प्रधानाध्यापक कृष्ण पोख्रेललाई नगदसहित खादा ओढाएर सम्मान गरेको छ ।
पाश्चात्य सभ्यताले गर्दा पछिल्लो समयमा विद्यार्थीमा नैतिकताको हरण भइरहेकोे अवस्थामा गुरुकुलम शिक्षा हासिल गर्न लागि परेका बटुकहरुलाई प्रोत्साहन गर्नको लागि सम्मान गरिएको विद्यालयका प्राचार्य बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण अधिकारी, प्राचार्य घिमिरे, शेयर सदस्य लगायतले बटुकहरुलाई सम्मान गर्नुभएको थियो । यस्तै होराइजनले आज नै कक्षा ९ सम्मको नतिजा प्रकाशन गरेको छ । कक्षागत तथा समग्रमा प्रथम, द्धितीय, तृतीय स्थान हासिल गर्ने बिद्यार्थीलाई शिल्ड, मेडल र प्रमाण पत्रले सम्मान गर्यो ।
यस्तै अतिरिक्त क्रियाकलाप, सरसफाई, पुरा हाजिरी हुने, उत्ृष्ट हस्तलेखन गर्ने, विलक्षण प्रतिभाका धनी विद्यार्थी तथा अभिभावकलार्ई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले शिक्षाले समाज रुपान्तरण गर्न सक्नु पर्ने बताउनु भएको छ । गुणस्तरीय शिक्षा आजको आवश्यता रहेको भन्दै उहाँले अब स्थानीय सरकारले स्थानीय भाषामा पाठ्यक्रम निर्माण गर्न लागेको बताउनु भएको छ ।
प्रदेशले समयमै बनाउनु पर्ने कतिपय कानुनहरु नबनाउँदा स्थानीय सरकारलाई काम गर्न समस्या भएको भन्दै प्रदेशले छिटो छिटो समयसापेक्ष कानुन निर्माण गर्न ढिलाई गर्न नहुने बताउनु भयो ।
विद्यालयका प्राचार्य घिमिरेले विद्यालय हरेक बर्ष जिल्लामा उत्कृष्ट हुँदै जानु अभिभावकको विश्वास रहेको भन्दै आगामी दिनमा पनि अभिभावकको माया पाउनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
भावी दिनमा विद्यालय आजको भन्दा राम्रो मिसन र भिजन लिएर अगाडी बढेको हुँदा गुणस्तरीय शिक्षाको लागि विद्यालय जुनसुकै कार्य गर्न तत्पर रहेको बताउनु भयो ।
वडा नम्बर ४ का अध्यक्ष गणेश बहादुर क्षेत्री, समाजसेवी दोलख बहादुर पछाई, रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपाने, लगायतले बोल्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य, मार्शल आर्ट, कराँते लगायतका सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गेका थिए ।
प्रतिक्रिया