मायादेवी अनलाइन, वाणगंगा ।
बाणगंगा नगरका बिभिन्न सामुदायिक तथा नीजि विद्यालयले विहीबार शैक्षिक सत्र २०७५ को नतिजा प्रकाशन तथा अभिभावक दिवस सम्पन्न गरेका छन् । विद्यालयले बर्षभरी गरेका क्रियाकलापको जानकारीसंगै, नतिजा प्रकाशन र बिभिन्न शीर्षकमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेका हुन् ।
बाणगंगा २ राजपुरको ज्ञानपुञ्ज स्कुलले विहीबार अभिभावक दिवस तथा नतिजा प्रकाशनको अवसरमा शुद्ध खानेपानीको उद्घाटन गरेको छ । एक लाख ५० हजार बढी लागतमा निर्माण भएको खानेपानी ट्याङकीको प्रदेश ५ का सांसद विष्णु पन्थीले उद्घाटन गर्नुभयो । विद्यार्थीको सबैभन्दा ठुलो धन स्वास्थ्य रहेको हुँदा विद्यालयका कोही पनि बालबालिका शुद्ध खानेपानीबाट बञ्चित हुन नपरोस् भन्दै शुद्ध खानेपानी टङ्याकी निर्माण गरिएको हो ।
उद्घाटनपछि कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद पन्थीले शुद्ध खानेपानी विना विद्यार्थीले सही ज्ञान हासिल गर्न नसक्ने भन्दै विद्यालयले राम्रो काम गरेको बताउनुभयो । अबको शिक्षा ब्यावहारिक र समयसापेक्षा हुनुपर्ने बताउनुभएका सांसद पन्थीले बिद्यालयको काम पढाउने मात्र नभएर बानी निर्माण गर्ने भएको बताउनु भयो ।
उहाँले अब हरेक विद्यालय विद्यार्थीको बानी निर्माण गर्नेतर्फ लाग्नुपर्ने बताउनु भयो । यसको लागि प्रदेशले पनि त्यही अनुसार कानुन बनाउने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमलाल अधिकारीको अध्यक्षता र शिक्षक अमृत घिमिरेको संचालनमा सम्पनन कार्यक्रममा कक्षागत तथा समग्रमा प्रथम, द्धितीय र तृतीय हासिल गर्ने, अनुशासन, हाजिरी, सरसफाई, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई शिल्ड, मेडल र प्रमाण पत्रले सम्मानित गरिएको थियो ।
कार्यक्रमकै अवसरमा प्रिन्सिपल रोमाकान्त घिमिरेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको बारेमा जानकारी गराउनु भएको थियो । जिल्लामा निरन्तर उत्कृष्ट स्थान हासिल गर्दै आएको विद्यालयको अबको मिसन भनेको प्रविधिमा जोड दिने, नैतिक र सामाजिक मूल्य मान्यतामा आधारित शिक्षा दिने, अत्याधुनिक पुत्कालय निर्माण गर्ने, कक्षा ११ र १२ पनि संचालन गन लगायतका रहेको बताउनुभयो । कार्यक्रममा सिद्धार्थ क्याम्पसका निवर्तमान अध्यक्ष बालाराम ज्ञवाली लगायतले बोल्नु भएको थियो ।
२८ चैत्र २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया